राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा दलिततर्फ एमालेका सोम पोर्तेल विजयी भएका छन्। उनको अन्तिम नतिजा आउन बाँकी छ।
यसैगरी, महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे विजयी भएकी छन्। कुल ७ हजार १७३ मतभार ल्याएर मेचे विजयी भएकी हुन्। उनले प्रदेश सभाका ८७ मध्ये ६४ भोट ल्याइन भने २५८ स्थानीय तहका मतमध्ये १९९ मत प्राप्त गरिन्।
उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)की महिलातर्फ नमिता न्यौपानेले दुई हजार २६८ मतभार प्राप्त गरेकी छन्।
यस्तै, कोशीमान तीन पदमध्ये नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
प्रकाशित: ११ माघ २०८२ १७:०१ आइतबार


-600x400.jpg)


