२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनः कोशी प्रदेशमा एमालेकी मेचे विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे विजयी भएकी छन्। कुल ७ हजार १७३ मतभार ल्याएर मेचे विजयी भएकी हुन्। उनले प्रदेश सभाका ८७ मध्ये ६४ भोट ल्याइन भने २५८ स्थानीय तहका मतमध्ये १९९ मत प्राप्त गरिन्।

उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)की महिलातर्फ नमिता न्यौपानेले दुई हजार २६८ मतभार प्राप्त गरेकी छन्।

यस्तै, कोशीमा तीन पदमध्ये नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित: ११ माघ २०८२ १६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App