३ माघ २०८१ बिहीबार
image/svg+xml

त्रिविका सहपाठी दुई पूर्वप्राध्यापकको रोचक प्रतिस्पर्धा, यस्ता छन् प्रतिबद्धता

२०४९ सालमा एकैदिन नियुक्ति लिएर त्रिभुवन विश्वविद्यालयमा एउटै क्यापसमा अध्यापन गराएका पूर्वप्राध्यापकहरुको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।

पोखरा बहुमुखी क्याम्पसलाई गोशली हाउसको १५ लाख

व्यवसायिक घराना गोशली हाउसले यहाँको पुरानो शैक्षिक संस्था पोखरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। आमा विष्णुमायाको नाममा छोरा सुशीलकुमार गोशलीले उक्त रकम सहयोग गरेका हुन्।

महालक्ष्मी बैंकद्वारा क्याम्पसलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको कञ्चनपुरस्थित बेलौरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई एक सय ७० थान गमला सहयोग गरेको छ।

रत्नराज्य क्याम्पसमा नेपाल भाषा पठनपाठन

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहयोग गरेको छ।

नाम मात्रको सिँजा बहुमुखी क्याम्पस

यो क्याम्पस गाउँमा स्थापना भएका बालविकास केन्द्र भन्दा पनि तल्लो स्तरको व्यवस्थापन भएकोले निकै समस्या भइरहेको उनी बताउँछन्। व्यवस्थापन र शिक्षा शास्त्र संकायको पठनपाठन हुने यो क्याम्पसमा ३ सय जना विद्यार्र्थीले भर्ना लिएका छन्। तर उनीहरुले सदरमुकाम खलंगाको जुम्ला बहुमुखी क्याम्पसमा आएर परिक्षा दिनुपर्ने बाध्यता छ।

पोखरा बहुमुखी क्याम्पसलाई एनएमबी बैंकको ३५ लाख सहयोग

एनएमबी बैंकले पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि अहिले आवश्यक भौतिक पूर्वाधार बनाईरहेको छ।

एमसीसी विरोधमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन्।

कन्या क्याम्पसमा ‘बुहारी’ बढी

यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ। क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन्। विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो।

महेन्द्र बहुमुखी क्याम्पस मोही जग्गा प्रकरणः क्याम्पसको जग्गा जोगाउन मौन जुलुस

महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा भूमाफियालाई हड्प्न नदिन धरानमा मौन जुलुस निकालिएको छ।

क्याम्पसको जग्गा जोगाउन बचाउ समिति गठन, सडक संघर्ष गर्ने घोषणा

महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा मोहीको नाम गरेर भूमाफियाले हडप्न लागेको भन्दै संरक्षणको लागि नागरिकस्तरबाट बचाउ समिति गठन गरिएको छ।

महेन्द्र क्याम्पस धरानको जग्गा जोगाउन हस्ताक्षर अभियान

मोहीको मृत्यु भएको २२ वर्षपछि क्याम्पसको जग्गामा छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय भूमिसुधार कार्यालय सुनसरीले गरेको थियो।

भूमिसुधारको निर्णयविरुद्ध पुनरावेदनको तयारीमा महेन्द्र क्याम्पस

२०३४ सालमा क्याम्पसको नाममा जग्गा खरिद हुँदा तत्कालिन जग्गाधनी रहेका श्याम गोविन्द श्रेष्ठले त्यस बेला मोहीलाई खुसी पारेर नै खरिदबिक्री भएको जानकारी दिए।

चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

कलेज प्रमुख जीवनधर ज्ञवालीका अनुसार मंगलबार मानविकी संकायअन्तर्गतका समाजिक कार्य विषयको प्रथम वर्षको आन्तरिक परीक्षा सञ्चालन भइरहेको समयमा चिट चोर्न नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले परीक्षा निरीक्षक प्रकाश पुडासैनीमाथि संघातिक हमाला गरेका हुन्।

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले कुटे शिक्षक

चिट चोर्न नदिएको भन्दै काठमाडाैं प्रदर्शनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक विद्यार्थीबाट कुटिएका छन्।

महेन्द्र क्याम्पसको करोडौं पर्ने जग्गामा मोही हक नामसारी गर्ने फैसला

क्याम्पस प्रशासनको पत्र आएपछि उपमहानगरपालिकाले पुनः मुचुल्काको प्रतिलिपि भूमिसुधार कार्यालयलाई पठाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्