३ माघ २०८१ बिहीबार
image/svg+xml

‘अब पढाउने होईन, सिकाउने वातावरण तयार गरौं’

पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले३५औं वार्षिकोत्सव मनाएको छ। पोखराको नयाँबजारमा संचालित यो क्याम्पसले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो।

सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताए।

परीक्षा केन्द्र माग्दै जुम्ला क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

जुम्ला बहुमुखि क्याम्पस जुम्लामा परीक्षा केन्द्र कायम हुनु पर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन्।

खोप उपलब्ध गराएर मात्र परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ।

आन्दोलित विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी इन हर्टिकल्चरका आन्दोलनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन्।

अब दोलखामै एमबीएस पढाइ, गौरीशंकरले पायो अनुमति

जिल्लाकै जेठो गौरीशंकर बहुमुखी क्याम्पसमा भदौदेखि व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाई हुने भएको छ।

भविष्य अन्योल पारिएको भन्दै विद्यार्थी आन्दोलित

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्।

क्याम्पस भवन बनाउन पाँच लाख सहयोग

विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखि क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् ।

दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः राई

खोटाङको दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः हिराकुमार राई दोहोरिएका छन्। गत चैत मसान्तमा चार वर्षे पदावधि पूरा गरेका क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिले पुनः दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।

क्याम्पसको प्रशासनिक भवन निर्माण

खोटाङकै ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाख रूपैयाँ लागतमा सो क्याम्पसको दुईतले प्रशासनिक भवन निर्माण गरिएको हो।

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ८ विद्यार्थीमा कोरोना देखिएपछि परीक्षा स्थगित

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), पश्चिमाञ्चल क्याम्पसका ८ जना विद्यार्थीमा कोभिड–१९ संक्रमण देखिएको छ। होस्टेलमा बस्ने १९ जना विद्यार्थीको स्वाब परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको क्याम्पस प्रशासन स्रोतले जनायो। उनकाअनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

क्याम्पसको जग्गा कसैलाई दिन नहुने सरोकारवालाको धारणा (अपडेट)

टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा भूमिहिन सुकुम्बासीलाई दिन नहुने सरोकारवालाले बताएका छन । क्याम्पसले भूमि सम्बन्धी समस्या समाधान आयोग, स्थानीय सरकार र सरोकारवालाहरुबीच आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका छन । आयोगका सुदूरपश्चिम अध्यक्ष अगस्त अधिकारी र टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले अन्र्तक्रिया कार्यक्रममा बोल्दै भूमिहिन सुकुम्बासीलाई जग्गा अपुग हुने देखिएकोले क्याम्पसले केही भूभाग छोड्नुपर्ने बताएपछि सरोकारवालाले आपत्ति जनाएका थिए । पूर्वसाँसद गंगाबहादुर कुँवरले पवित्र उद्देश्यले स्थानीयस्तरबाट स्थापना भएको शैक्षिक संस्थाको सम्पत्ति मास्ने काम सह्य नहुने बताए । उनले क्याम्पसको जग्गा भूमिहिन सुकुम्बासीका नाममा वितरण गरे द्वन्द्व सिर्जना हुने चेतावनी दिए ।

ललितपुरको एकान्तकुनामा दुर्घटना, कोटेश्वर बहुमुखी क्याम्पसकी छात्राको मृत्यु

घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन्। दाहाल सोही क्याम्पसका विद्यार्थी हुन्। गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

आरआर क्याम्पसमा ब्यानरलाई लिएर नेकपाका दुई पक्षबीच झडप, पक्राउ परेका दुवै जना छुटे

काडमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रचण्ड–नेपाल र ओली पक्ष समूहका विद्यार्थीबीच झडप भएको छ। प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले क्याम्पस हाताभित्र निर्माण गरेको सोधपुछ कक्षमा टाँगिएको ब्यानरलााई ओली पक्षका विद्याथीहरुले च्यातिदिएपछि विवाद भएको हो।

साइकल चढ्नेलाई २५ प्रतिशत मासिक शुल्क छुट

साइकलको प्रयोगबाट विद्यार्थीको दैनिक भाडावापतको रकम बचत हुन्छ । मोटरसाइकल तथा स्कुटर चलाउँदा लाग्ने खर्चको पनि बचत हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्