७ वैशाख २०८१ शुक्रबार
शिक्षा

क्याम्पस भवन बनाउन पाँच लाख सहयोग

विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखि क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा–९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ ।

क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति परशुराम पौडेलले सहयोग रकमको चेक क्याम्पसलाई हस्तान्तरण गरेका थिए । क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचनले सबैतिर आर्थिक सहयोग जुटाएर भवन निर्माणमा जुटेको बताए । सहयोग गरेकी पराजुलीले सामुदायिक क्याम्पस भएकोले समुदायकै सहयोगको भरमा संचालन हुने अवस्था रहेको बताईन । उनले वैवाहिक वर्षगाठको अवसर पारेर क्याम्पस भवन बनाउनका लागि सहयोग गरेको बताईन ।  

२०४४ मा स्थापना भएको यो क्याम्पसले अहिले नौकरोड रुपैयाँ लागतमा भवन बनाईरहेको छ । क्याम्पसमा अहिले स्नातकतहमा चारवर्षे व्यवस्थापन (बिबिएस) र मानविकी (बिए) संकायमा अध्यापन हुन्छ ।  

प्रकाशित: २६ वैशाख २०७८ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App