९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

आरआर क्याम्पसमा ब्यानरलाई लिएर नेकपाका दुई पक्षबीच झडप, पक्राउ परेका दुवै जना छुटे

क्याप्शन

काडमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा  प्रचण्ड–नेपाल र ओली पक्ष समूहका विद्यार्थीबीच झडप भएको छ। प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले क्याम्पस हाताभित्र निर्माण गरेको सोधपुछ कक्षमा टाँगिएको ब्यानरलााई ओली पक्षका विद्याथीहरुले च्यातिदिएपछि विवाद भएको हो।

झडपमा संलग्न भएको आरोपमा प्रहरीले प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिएको थियो। तर, समान्य छलफलपछि उनीहरुलाई प्रहरीले सम्झाएर छोडिसकेको छ।

ओली पक्षका विद्यार्धी नेता उज्वल खड्काले क्याम्पस हाताभित्र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले ब्यानरसहित सोधपुछ कक्ष राखेपछि आफूहरुले उक्त ब्यानर हटाउन भनेको तर नमानेपछि निकालिदिएको दाबी गरे। ब्यानर निकालेपछि प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले आफूहरुमाथि आक्रमण गरेको ओली पक्षको दाबी छ। खड्काकाअनुसार ओली पक्षका विद्यार्थीहरुले हिजो राखेको सोधपुछ कक्षको ब्यानरलाई प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले निकालिदिएका थिए।

तर, प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले भने ब्यानर हटाउन खोजेपछि आफूहरुले प्रतिवाद मात्र गरेको बताएका छन्। झडपपछि पक्राउ परेका विद्यार्थी नेता बस्यालले हिजो दुबै पक्षबीच ब्यानर सहितको सोधपुछ कक्ष राख्ने सहमति भएको तर आज अचानक ओली समूहका विद्यार्थीले हस्तक्षेप गरेको दाबी गरे।

प्रकाशित: १८ फाल्गुन २०७७ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App