८ वैशाख २०८१ शनिबार
समाज

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले कुटे शिक्षक

चिट चोर्न नदिएको भन्दै काठमाडाैं प्रदर्शनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक विद्यार्थीबाट कुटिएका छन्। मंगलबार बिहान क्याम्पसमा स्नातक तहका विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको क्याम्पसका एक प्राध्यापकले जानकारी दिएका छन्।

एक शिक्षकका अनुसार मंगलबार बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडब्लू)को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको थियो। एक छात्रले चिट चोर्न लागेकोमा शिक्षक पुडासैनीले रोक्न खोजेका थिए। परीक्षामा चिट चोर्न रोक्न खोज्दा स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्र कुँवेर जेठाराले शिक्षकमाथि दुर्व्यवहार गर्न थाले। माहोल तनावपूर्ण भएपछि परीक्षा स्थगित भयो।

परीक्षा स्थगित गरेर विवादित दुई पक्ष शिक्षक र विद्यार्थीलाई आफ्नो कक्षमा लगि छलफल गराउने प्रयत्न गरिरहेकोमा विद्यार्थी कुँवेर जेठाराले पानी पिउन मन लागेको भन्दै डिसपेन्सर नजिक भएको स्टिलको जग उठाए। जेठाराले उक्त जगले शिक्षक पुडासैनीको टाउकोमा हाने र उनको टाउकोमा चोट लाग्यो। 

टाउकोमा गम्भीर चोट लागेका पुडासैनीलाई नजिकैकाे काठमाडाैं मोडल अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ। हाल विद्यार्थी भने फरार रहेका छन्।

प्रकाशित: ६ पुस २०७८ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App