१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

महेन्द्र क्याम्पस धरानको जग्गा जोगाउन हस्ताक्षर अभियान

महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भूमाफियाबाट जोगाउन विद्यार्थीहरुले हस्ताक्षर संकलन अभियान शुरु गरेका छन्।

क्याम्पसका संयुक्त विद्यार्थी संगठनले आइतबारदेखि हस्ताक्षर अभियान थालेका हुन्। किनबेच भएको चार दशकअघि मोहीको हकवाला छोरा अघि सारेर क्याम्पसको करोडौंको जग्गा हडप्न भूमाफियाहरु सक्रिय भएपछि विद्यार्थीहरु त्यसविरुद्ध उभिएका हुन्। आइतबार क्याम्पस परिसरमा दुई स्थानबाट विद्यार्थी संगठनहरुले हस्ताक्षर संकलन शुरु गरेका हुन्।

स्ववियुका निवर्तमान सचिव एवं नेविसंघका नेता दोर्ची शेर्पाले क्याम्पसको जग्गा भूमाफियाको हातमा जान नदिन खबरदारी स्वरुप हस्ताक्षर संकलन थालिएको बताए। उनले संकलित हस्ताक्षर क्याम्पस प्रशासन र भूमिसुधार कार्यालय सुनसरीमा बुझाइने पनि बताए।

मोहीको मृत्यु भएको २२ वर्षपछि क्याम्पसको जग्गामा छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय भूमिसुधार कार्यालय सुनसरीले गरेको थियो। असोज २५ गतेको यो निर्णयविरुद्ध धरानका नागरिक समाज, राजनीतिक दल, विद्यार्थी संगठन र क्याम्पस प्रशासन छ। क्याम्पसले हदम्याद भित्रै उच्च अदालत विराटनगरमा भुमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी पनि गरेको छ। 

प्रकाशित: ११ पुस २०७८ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App