३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

निकिताको आक्रोशः संवेदनशील विषयमा मिडिया संवेदनहीन भए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफू मिडिया ट्रायलको सिकार भएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अनुमानका भरमा समाचार लेखिएको आरोप लगाइन्।   

मङ्गलबार उनले लेखेकी छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र? आफ्नो सम्पूर्ण बैङ्किङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ।’ 

उनले थप्दै भनेकी छिन्, ‘खाता मेरो हो। यतिउति पैसा छ भनेर आ–आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको पुरुषार्थ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’ 

पौडेलले रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण पनि मागेकी छिन्। अहिले पनि आफूले त्यो प्रमाण कुरिरहेका उनको भनाई छ। 

सञ्चारमाध्यममा आएको खबरलाई खण्डन गर्दै उनले अहिले पनि आफू चार करोडमा किनेको घरको किस्ता तिरिरहेको दाबी पनि गरेकी छिन्। 

प्रकाशित: २ पुस २०८१ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App