२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘बेड अभाव भन्नु सरकारको लाचारी’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पतालमा शय्या नभएको भनी सरकारले दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा गरेको छ। संकटका बेला राज्यले नागरिकलाई ढाडस दिनुको साटो लाचारी प्रकट गरेको कांग्रेसको आरोप छ।

फुटको संघारमा जसपा

जनता समाजवादी पार्टी कार्यकारिणी समितिका बहुमत सदस्य केपी ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा उभिएका छन्। यही वैशाख १४ गते बसेको कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले ओली सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको जानकारी समितिका सदस्य रमेश यादवले दिए।

प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे संघारमा

अन्ततः जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मन्त्रीको रुपमा सपथ लिने चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने विषयलाई लिएर पार्टी विभाजनको संघारमा पुगेको हो।

उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारकै कारण संक्रमण तीव्रः देउवा

नेपाली काँग्रेसले नेपालमा नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण तीव्र हुनुमा ओली सरकार जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

५० करोड विकासे रकम कोरोना नियन्त्रणमा

कर्णाली प्रदेश सरकारले विकासे रकम कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि खर्च गर्ने भएको छ। कर्णालीले तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ।

गण्डकी प्रदेशः सत्ता टिकाउन हरसम्भव प्रयास

कोरोना नियन्त्रण र संक्रमितको उपचारमा लाग्नुभन्दा सत्तामा टिकिरहने दाउमा दलहरु छन् । त्यसको ज्वलन्त उदाहरण हो–गण्डकी प्रदेशको सत्ता परिवर्तनको प्रयास ।

सरकार र जनता मिलेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन्।

सरकार जोगाउन गणतन्त्रलाई नांगो बनाइयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकार जोगाउनका लागि भइरहेका क्रियाकलापले गणतन्त्रलाई नांगो बनाएको आरोप लगाएका छन्।

कर्णाली प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि एक अर्ब ३४ करोड विनियोजन

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

सरकारको फास्ट ट्र्याक विकास: दुई वर्षमा चार प्रतिशत काम

प्रधानमन्त्री ओली हरेक जसो मञ्चहरूमा सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गर्छन्। निर्माणाधीन अवस्थाकै आयोजनाको उद्घाटन तथा डिपिआरै नबनेका र ठेक्का प्रक्रियामै नगएका आयोजनाको शिलान्यास गरेर विकासप्रेमी सरकार र नेताको छवि बनाउने प्रयत्नमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेल सुरुदेखि नै लागेका हुन्।

व्यावसायिक कागती खेती गर्दै सरकारी अधिकृत

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरे व्यावसायिक कागती खेतीमा जुटेका हुन्। ‘कृषि कर्म गर्न धेरै लगानी गर्नु पर्दैन,’ उनले भने, ‘थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।’ उनले झन्डै १२ लाख रूपैयाँ लगानी गरेर व्यावसायिक कागती खेती सुरु गरेका हुन्।

सरकारलाई माओवादी केन्द्रको चेतावनीः कोराेनालाई राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्नू

नेकपा माओवादी केन्द्रले कोभिड १९ लाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिएको छ।

कोरोना संक्रमण: अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्।

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्