coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार जोगाउन गणतन्त्रलाई नांगो बनाइयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकार जोगाउनका लागि भइरहेका क्रियाकलापले गणतन्त्रलाई नांगो बनाएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सरकार जोगाउनका लागि भएका घटनाले गणतन्त्रलाई नांगो बनाएको बताएका हुन्।

उनले संघीयता बोझ भएकाले त्यसको विकल्प सोच्न हतार समेत भएको बताए। 

‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन/जोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ। संघीयता बोझ मात्र होइन, राजनीतिक विकृतिको भण्डार साबित भएको छ। गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ। संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्न ढिला नगरौं।’ उनले पोष्ट गरेका छन्।

प्रकाशित: १६ वैशाख २०७८ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App