१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे संघारमा

अन्ततः जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मन्त्रीको रुपमा सपथ लिने चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने विषयलाई लिएर पार्टी विभाजनको संघारमा पुगेको हो।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कारबाही गर्नुपर्ने पक्षमा छन् भने पार्टीका वरिष्ठ नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो भने कारबाही गर्न नहुने अडानमा रहेका छन्।

पार्टीको राष्ट्रिय कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठकमार्फत् यादव र डा.भट्टराईले चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने निर्णय गरी लुम्बिनी प्रदेशलाई चिठ्ठी पठाएपछि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ।

उपेन्द्र यादव निकट संघीय सांसद मोहम्मद इस्तियाक राईले त सदस्यहरुलाई कार्यकारिणी समितिका बहुमत सदस्यहरुमार्फत् कारबाही गरिएको हो। तर ठाकुर र महतो समूहले यो कारबाहीलाई मान्यता दिएको छैन। उक्त समूहले बुधबार निर्वाचन आयोग तथा लुम्बिनी प्रदेश सचिवालयमा पार्टीले ती सदस्यहरुलाई कारबाही नगरेको भन्दै पत्र पठाएको छ। उक्त समूहका नेता डा. सुरेन्द्र झाले पार्टीको अर्को समूहले गरेको कारबाही आधिकारिक नभएको बताए।

‘उक्त कारबाही आधिकारिक होइन, यस विषयमा हामीले निर्वाचन आयोग तथा लुम्बिनी प्रदेशलाई पत्राचार गरिसकेका छौं,’ उनले भने।

जसपाका मध्यमार्गी नेताहरुले यो कारबाही प्रकरणले पार्टीलाई विभाजनतर्फ डोर्‍याएको बताएका छन्। यसअघि पनि यी दुई समूहबीच केपी ओली नेतृत्वको सरकारलाई सहयोग गर्ने वा नगर्ने विषयमा विवाद रहँदै आएको छ।

ठाकुर र महतो भने ओली सरकारलाई सहयोग गर्नुपर्नें पक्षमा छन् भने यादव र डा. भट्टराई भने ओली सरकारलाई विस्थापन गरी काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा उभिएका छन्।

प्रकाशित: १७ वैशाख २०७८ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App