कोरोना कहरबीच सरकारी जमिनमा व्यक्तिका पक्की घर
भेरीगंगा नगरपालिका कार्यालयबाट छिन्चु बजार जाने पक्की सडक किनारमा अर्थबहादुर शाहीले कोरोना कहरैबीच घरको दोस्रो तला थपे। इलाका प्रहरीको गेटैमा बनेको घरको जमिनको स्वामित्व भने शाहीसँग छैन्। जिल्ला अदालतले दुई वर्षअघिनै सरकारी जमिन भनेर फैसला गरिसकेको ठाउँमा शाहीले घरको तला थपेका हुन्।