८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

राहुल गान्धीद्वारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्। उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताएका छन्।

काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिररहेका छन्। पछिल्लो समयमा उनले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरेका हुन्।

उनले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्– भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन्? किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ? उनले प्रश्न गरेका छन्।

बिहीबार मात्र भारत सरकारले कोभिडका विरुद्धमा उपचारमा संलग्न भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो। केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो। आज पुनः नेता गान्धीले ट्वीट गरेर त्यसको विरोध गरेका हुन्।

बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए।

प्रकाशित: २ आश्विन २०७७ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App