५ वैशाख २०८१ बुधबार
राजनीति

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।  

कोइरालाले जति सक्दो छिटो ओली सरकार ढाल्नु आवश्यक रहेको धारणा राखे। ‘जति छिटो यो सरकार ढाल्नु पर्छ’ कोइरालाले भने, ‘जति मिनेट यो सरकार टिक्छ त्यति धेरै देशमा अराजकता बढ्छ।’ कोइरालाले पार्टीहरू भित्र विवाद भइरहेको बताए। उनका अनुसार एमाले, राजपामा मात्रै हैन कांग्रेस पनि अलमलमा परिरहेको कोइरालालको भनाइ छ। 

उनले भने,‘एमाले र राजपा मात्रै हैन नेपाली कांग्रेस पनि अलमलमा फसिरहेको आभाष भइरहेको छ।’ जति छिटो सरकार विस्थापित भयो त्यति छिटो देशले अन्यौलबाट निकास पाउने उनले बताए। उनले नेपाली कांग्रेसको चाहनाले मात्रै सरकार विस्थापित नहुने सिंङ्गै राजपा र माओवादी केन्द्रको पनि साथ चाहिने बताए। तर, सरकार परिवर्तन गर्ने सवालमा कांग्रेस नेतृत्वले प्रभावकारी रुपमा भूमिका खेल्न नसकेको कोइरालाको टिप्पणी छ। संसद पुनर्स्थापना भए पनि सरकारका कारण संसद अनिर्णयको बन्दी बनेको बताए।

कोइरालाले संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री एक दिन पनि संसद नजानु विडम्बना भएको धारणा राखे। ‘देशको कार्यकारी प्रमुखले संसदलाई स्वीकार नगरेपछि हामी कहाँ जाँदैछौं’, उनले भने,‘संसदीय व्यवस्थामा सरकार प्रमुख नै संसद नजाने भएपछि देश अफ्ठ्यारोमा परेको छ।’ कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने कांग्रेसले चुनाव गराउने कांग्रेसको नेतृत्वमा सरकार नबने अरु दललाई नै सरकार बनाउन कांग्रेसले आह्वान गर्नुपर्ने कोइरालाले बताए।

प्रकाशित: १० वैशाख २०७८ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App