६ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकार सत्ताको खालमा, पीडित अझै पालमा

भूकम्पप्रभावित जिल्लामा सरकारले अस्थायी आवास बनाउन समय र स्रोत खर्चिए पनि पीडितले अझै आवास पाउन सकेका छैनन्।

बिन्जनको जोडीलाई उपाधि

कपिलवस्तुको तौलिहवामा सम्पन्न जिल्लास्तरीय मेयर कप मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्धभूमि नगरपालिकाका बिन्जन बस्नेत र जितेन्द्र घिमिरेको जोडीले जितेको छ।

६ महिनामा एक करोड दुई लाख राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

टिकौली जंगल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ।

सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’

तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जाने गरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।

पुर्पक्षका लागि थुनामा रहेका एकजना मृत फेला

सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

सिभिल सहकारीपीडितले रकम पाउन इच्छाराजविरुद्धको ठगी मुद्दा कुर्नुपर्ने

सिभिल सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन इच्छाराज तामाङसँग जोडिएको ठगी मुद्दाको फैसला नै कुर्नुपर्ने देखिएको छ।

मनसुनजन्य क्षति: निजी घर पुनर्निर्माणमा छैन राज्यको भरथेग

बाढी, पहिरो, भारी वर्षाका कारण घरबासमा क्षति पुगेर विस्थापित बनेका पीडितको पुनःस्थापना र पुनर्निर्माणमा राज्यको उपस्थिति देखिएको छैन।

सोलुखुम्बुमा सुन्तला : उत्पादन बढ्यो, बिक्री बढेन

हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ।

नक्कली रुपैयाँ कारोबार गर्ने पाँचजना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको छ।

मुगुमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्