१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुर्पक्षका लागि थुनामा रहेका एकजना मृत फेला

सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत फेला परेका हुन्।

कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा मण्डल फेला परेको प्रहरीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा उनी २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए।

प्रकाशित: २८ माघ २०८० ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App