९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सुप्रिम सहकारी ठगी प्रकरण: अध्यक्ष गुरुङ पुर्पक्ष थुनामा

जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ।

पुर्पक्षका लागि थुनामा रहेका एकजना मृत फेला

सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

भुटानी शरणार्थी प्रकरणः आजको बहस पूर्व मन्त्री टोपबहादुरका तर्फबाट

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए।

कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

भागरथी हत्या प्रकरण: आरोपितलाई सुधारगृह पठाउन आदेश

अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो।

अख्तियार पूर्वप्रमुख बस्न्यात थुनामा

बस्न्यातविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबी गरिएको छ। उनी सचिव भएको बेला ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न भएको अभियोग छ।

सोती घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

सुस्मिता हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

बिहे गर्ने भन्दै ३३ लाख ठग्ने युवा पुर्पक्षका लागि थुनामा

बिहे गर्ने आश्वासन दिएर एक महिलाबाट लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका खोटाङका एक युवालाई अदालतले पुर्पक्षका लागि थुना आदेशमा राख्ने दिएको छ।

अभियुक्तले जेलमै बसेर पनि बयान दिनसक्ने

केन्द्रीय कारागार जगन्नथा देवल सुन्धाराले पुर्पक्षका लागि थुनामा परेका थुनुवाको बयान र बकपत्र गराउन कारागारभित्रै भिडियो कन्फेरेन्स कक्ष सञ्चालनमा ल्याउने तयारी गरेको छ। थुनुवालाई बयान र बकपत्र गराउन अदालत लैजादा झन्झट हुने, अभियुक्त भाग्न सक्ने डर, अदालतमा हुने भिडभाडलाई दृष्टिगत गरी यस्तो व्यवस्थाको तयारी गरेको हो।

महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार अभियोगमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। सिवाकोटी सहित अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको हो।

आफन्तबाटै सुरक्षित छैनन् महिला, ६ देखि ८८ वर्षीयासम्म बलात्कृत

मालिका गाउँपालिका ७ का ७० वर्षीयले १३ वर्षीया नातिनीलाई २६ पुसमा बलात्कार गरी फरार भए। आरोपितले बालिकालाई धम्की दिँदै पटक–पटक बलात्कार गर्दै आएका प्रहरीले खुलायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्