१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करणी मुद्दामा १८ वर्ष कैद

तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका– ७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो। साथै निजविरुद्ध एक लाख रुपैयाँ जरिवाना फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए।

परिवर्तित नाम २०७८-७९ चबहादुरले निजविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले प्रतिवादीविरुद्ध  २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो। यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो। सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ। –रासस

प्रकाशित: २९ माघ २०८० १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App