२८ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

लघुकथा समाज नेपालले अर्पियाे दुई सम्मान

लघुकथा समाज नेपालले साहित्यकार त्रिलोचन ढकाललाई र डा. दीनबन्धु शर्मालाई सम्मान अर्पिएकाे छ।

समाजका अध्यक्ष तुलसीहरि कोइरालाकाे अध्यक्षता तथा लघुकथा समाज नेपालका सल्लाहकार नाट्यविद् प्राज्ञ अशेष मल्लकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

नेपाली लघुकथाको उन्नयनमा समर्पित संस्था लघुकथा समाज नेपालले ‘बाटुली-खिलध्वज लघुकथा सम्मान-२०८२’ लघुकथाका क्षेत्रमा पनि कलम चलाउँदै आएका साहित्यकार त्रिलोचन ढकाललाई र ‘सावित्री–केशर कथा सम्मान-२०८२’ कथाकार डा. दीनबन्धु शर्मालाई अर्पिएकाे छ।

कार्यक्रममा संस्थाका सचिव श्रीबाबु कार्कीले शब्दमार्फत उपस्थितजनलाई स्वागत गरेका थिए।

कार्यक्रममा लघुकथा समाजका सल्लाहकार तथा लाेकप्रिय समालाेचक प्राडा लक्ष्मणप्रसाद गाैतमले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए। उनले लघुकथा समाजले गुणात्मक काम गर्दै आएकाे र विवादरहित व्यक्तिलाई मात्र सम्मान अर्पिएकाेमा खुसी व्यक्त गरे।

उनले सम्मानित व्यक्तित्व ढकाल राजनीतिबाट फर्किएर लेखन तथा साहित्यिक अभियानमा लागिपरेकाे बताए। त्यस्तै उनले शर्माकाे प्रयाेगशील कथा लेखनकाे मुक्तकण्ठले प्रशंसा गरेका थिए।

कार्यक्रममा संस्थाकाे संस्थापक श्रीओम श्रेष्ठ राेदनले लघुकथाका क्षेत्र विस्तार भएकाेमा खुसी व्यक्त गर्दै लघुकथाकाे उन्नयनमा लाग्ने अभियन्ता, स्रष्टा र कार्यक्रम सफल पार्न सहयाेग पुर्‍याएकाेमा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा प्राज्ञ अगिब बनेपाली, स्रष्टा समाज नेपालका संस्थापक पवन आलाेक र उपन्यास समाजका अध्यक्ष शंकर भारतीले शुभकामना मन्तव्य राखेका थिए।

त्यस्तै पुरस्कारका संस्थापक हरि थापाले आमाबाबुकाे सम्मानका लागि पुरस्कार स्थापना गरेकाे र उक्त पुरस्कार लघुकथा समाजप्रतिकाे विश्वासले समाजलाई सुम्पेकाे बताए।

लघुकथा समाज नेपालका सिन्धु गाैतमले सञ्चालन गरेकाे उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व डा. दीनबन्धु शर्माले आफू एक्लै बनेकाे नभई धेरै शुभेच्छुककाे शुभेच्छा र सहयाेगले लेखन यात्रामा सहयाेग पुगेकाे भन्दै कृतज्ञता व्यक्त गरेका थिए। त्यस्तै अर्काे सम्मानित व्यक्तित्व त्रिलाेचन ढकालले भेटघाट नभए पनि लेखन यात्रामा धेरैकाे साथसहयाेग पुगेकाे बताए।

प्रकाशित: २५ माघ २०८२ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App