७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नक्कली रुपैयाँ कारोबार गर्ने पाँचजना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कलैयामा बिहीबार पत्रकार सम्मेलन गरी बरामत गरिएको ६१ हजार नक्कली रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो।

सार्वजनिक हुनेमा सर्लाही चन्द्रनगर गाउँपालिका ३ का रामचन्द्र महतो, बारा परवानीपुर गाउँपालिका ५ का सुमित साह, सन्तोष पटेल, पर्सा वीरगन्ज महानगरीय १० का दिशाल कुमार श्रीवास्तव, निरज श्रीवास्तव रहेका छन्।

विशेष सूचनाका अधारमा बुधबार बिहान जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर बजारबाट पचास हजार नक्कली नेपाली नोटसहित रामचन्द्र महतोलाई पक्राउ गरिएको  बारा प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

महतो पक्राउ परेपछि कारोबारीका बारेमा अनुसन्धान गर्दै जाँदा गिरोहका मुख्य नाइके विशाल कुमारसहित अन्य सहयोगीलाई पनि पक्राउ गर्न सकिएको काफ्लेले बताए।            

काफ्लेका अनुसार पक्राउ परेकाहरुले पाँच तहमा खटेर नक्कली रुपैयाँ कारोबार फैलाएको अनुसन्धानबाट खुलेको छ। यसमा भारतीय र नेपाली दुवैतर्फका व्यक्तिको संलग्नता रहेको छ।

प्रकाशित: २५ माघ २०८० १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App