१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीद्वारा महिलामाथि कुटपिट

प्रहरीको कुटपिटबाट घाइते जानुका बुढा। तस्बिर : नागरिक

वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन्। वीरेन्द्रनगर नगरपालिका– ६ न्युरोडस्थित उषा बालिकाटिकाअगाडि शनिबार साँझ प्रहरीले व्यापार गरेर बसेकी स्थानीय जानुका बुढामाथि अन्धाधुन्ध लाठी प्रहार गरी घाइते बनाएका थिए।

कुटपिटपछि पीडित बुढाको खुट्टा र हातमा चोटपटक लागेको छ। कुटपिटपछि उनलाई पसलमै छाडेर प्रहरी फर्किएका थिए। स्थानीयले घेरेपछि प्रहरी कुटपिट रोकेर फर्किएको स्थानीयले बताए। 

ढोकामा आगो बालेर घरभरि धुवाँ फैलिएपछि आगो नबाल्न अनुरोध गर्दा प्रहरी हबल्दारकी श्रीमतीले प्रहरी बाेलाएर आफूलाई कुटपिट गराएको आरोप बुढाले लगाइन्। पीडित बुढा र हबल्दारपत्नी एउटै घरमा डेरा बस्दै आएका छन्। फोनकै भरमा आएका प्रहरीले यथार्थ नबुझेर कुटपिटमा उत्रिएको भन्दै उनले दुःख व्यक्त गरेकी छन्।

प्रहरी बाेलाएर कुटपिट गराउने महिलाका पति कृष्ण भट्ट जिल्ला प्रहरी कार्यालयमा हबल्दार पदमा कार्यरत छन्। उनले श्रीमान् भट्टलाई फोन गरेर प्रहरी पठाएर आफूलाई कुटाएको आरोप पीडित बुढाले लगाएकी छन्। ‘ढोकामा आगो बाल्दा धुवाँले कोठा भरिएपछि नबाल्न भनेकी थिएँ’, पीडित बुढाले भनिन्, ‘श्रीमान्मार्फत प्रहरीको भ्यान झिकाएर ममाथि कुटपिट गरियो। पहुँच भए जसलाई पनि कुटपिट गर्न मिल्छ ?’

घटनाका बारेमा आफूलाई थाहा नभएको र हबल्दार भट र उनकी श्रीमतीलाई झिकाएर घटनाका बारेमा बुझ्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) लक्षमण शाहीले बताए। घटनाको छानबिनपछि कुटपिटमा संलग्न प्रहरीमाथि आवश्यक कारबाही हुने प्रवक्ता शाहीले बताए।

प्रकाशित: २८ माघ २०८० ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App