२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुई किलो चरेशसहित एकजना पक्राउ

दुई किलो चरेशसहित बैतडीमा एकजना पक्राउ परेका छन्। बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महर चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ।

मंगलबार राति ८ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। महरलाई बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट चरेससहित पक्राउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट् ढोल्यामोडबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले महरलाई चरेससहित पक्राउ गरेको हो। पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०८० १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App