२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मुस्लिम आयोगबाट ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

भारतद्वारा ३० हजार 'पीसीआर टेस्ट कीट' हस्तान्तरण

भारत सरकारले नेपाललाई कोभिड १९ परीक्षणका लागि आवश्यक पीसीआर टेस्ट किट सहयोग गरेको छ। भारतको दूतावासकोतर्फबाट राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु आइतबार हस्तान्तरण गरे।

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ जना पुगेकाे गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले जनाएकाे छ ।

काभ्रेमा ५० भारतीय नागरिक नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकबाट धुलिखेल आएका ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।

संक्रमित आंशका गरिएका यूवा काठमाडौं ओहोर दोहोर गर्थे

पेशाले रागाका (कसाई) बुच्चर गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षिय एक यूवकलाई कोरोना संक्रमण आंशका गरिएको छ । तर, संक्रमित आंशका गरिएका यूवाको स्वाब काठमाडौंमा संकलन भएको थियो । गुलरिया नगरपालिका १० का यूवा संक्रमित पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट स्वदेश फिर्ता हुने क्रम जारी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनले भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँग समन्वय गरेर भारतमा रोकि २१ दिन क्वारेन्टाईन भएका केही नेपालीहरुलाई शुक्रबार साझ स्वदेश ल्याएको हो ।

गलत समाचारले सन्त्रास फैलियो

स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया नार्खु–११ का संक्रमित भन्ने गलत समाचारले जिल्ला भर सन्त्रास फैलिएको छ । जिल्लामा राजापुर नगरपालिका ११ नार्खु लेखिएपनि राजापुर नगरपालिकामा १० वटा मात्र वडा रहेका छन् । नार्खु गाउँ नभएकाले सत्य तथ्य बुझिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

सिरहाका संक्रमित मलेसियाबाट फर्केका

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ माैवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँचदिन अघि उनकाे स्वाब स‌कलन गरिएकाे गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।

कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै

पछिल्लो साता भारतबाट फर्केर आउने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय प्रशासनले दसगजानजिकै क्वारेन्टिनमा राख्ने गरेको छ । तर भारतबाट आउनेको संख्या एक्कासि बढेसँगै व्यवस्थापनमा चुनौती देखिएको छ । भारतबाट आउने नेपालीलाई उचित व्यवस्थापन गर्न नसके नेपालमा कोरोना संक्रमण थप बढ्ने निश्चित छ,यसले सीमाक्षेत्रका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा भएको पुष्टि भएको छ ।

जिन अनुसन्धान गर्न दिएकोमा ६ जनासँग स्पष्टीकरण

सरकार तथा सम्बन्धित निकायलाई जानकारी नदिई कोरोना संक्रमित पहिलो युवाको जिन विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको विषयमा स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधेको छ । उनीहरूलाई परिषद्ले लिखित पत्रमार्फत स्पष्टीकरण सोधेको हो ।

दसगजामा बढ्दै भिड, संक्रमण फैलने डर

भारतबाट स्वदेश फर्कने नेपालीको संख्या ह्वात्तै बढेको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा बढेको छ । शुक्रबार भारतबाट आएका ८ जनामा कोरोना संक्रमित भएपछि बाँकेका स्थानीय तहलाई थप चुनौति बढेको छ ।

अनुमतिबिनै जीन अनुसन्धान गर्न दिएको भन्दै डा. रुनासहित ६ जनालाई स्पष्टिकरण

सरकार तथा सम्वन्धित निकायलाई जानकारी नदिइ कोरोना संक्रमित पहिलो युवाको जिन विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको विषयमा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ। उनीहरुलाई परिषदले लिखित पत्रमार्फत स्पष्टीकरण सोधेको हो।

कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवाल पौवा गाउँ नै सिल

धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएपछि गल्छी गाउँपालिका–८ कटुवालपौवा गाउँलाई सिल गर्ने भएको छ । शुक्रबार विहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधिहरू सहितको संयुक्त वैठकले गाउँलाई शिल गर्ने निर्णय गरेको हो ।

कोराना परीक्षणमा भूगोल बाधक

भौगोलिक रूपमा निकै विकट भएको समयमै स्वास्थ्यकर्मी परिचालन भए पनि स्वाब संकलन र द्रुत परीक्षणका क्रियाकलाप प्रभावित हुने गरेका छन् । एक साताअघि मुगुको खत्याड गाउँपालिकामा द्रुत परीक्षण गर्दा एकजनामा कोराना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

कोरोना अछुतो कर्णाली

चैतको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिममा कोरोना जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किंदै थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्