२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वडाध्यक्ष र वडासदस्यको सेवा सुविधाबाट मास्क र सावुन वितरण

खोटाङको बराहपोखरी गाउँपालिका–४ फाक्टाङ वडा कार्य समितिले स्थानीयलाई मास्क तथा हात धुने सावुन वितरण गरेको छ।

रोल्पामा कोरोना ‘नियन्त्रण र रोकथाम’का लागि तयारी

कोरोना नियन्त्रण र रोकथामका लागि बिभिन्न थप उपाय अपनाउने भन्दै रोल्पा जिल्लामा निरन्तर छलफल र तयारी भईरहेको छ। यसैबीच सोमवार जिल्ला प्रशासन कार्यालय रोल्पामा सर्वपक्षिय छलफल गरिएको हो। छलफलका क्रममा जिल्ला स्वास्थ्य प्रमुख अनिल केसिले कोरोना संक्रमण र महामारीका चरण र त्यसका बारेमा प्रस्तुती समेत गरेका थिए।

धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन तयार

महानगरपालिका वडा नम्बर– ४ मा २४ बेडको क्वारेन्टाइन बनाइएको छ। नेपाली सेना भैरवनाथ गणले धुम्बाराहीस्थित बागमती स्कुलमा २४ बेडको क्वारेन्टाइन बनाएको हो। जसमा १५ पुरुष र ९ महिला राख्न सकिने छ । क्वारेन्टाइनमा डाक्टर, नर्स र एम्बुलेन्स पनि राखिएको छ।

कोरोना सजगता : गाउँका पुल र सडक बन्द

कोरोना भाइरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि तनहुँमा सजगता अपनाइएको छ। कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको पहिलो साता कार्यन्वयनमा अटेरी गरेका स्थानीयहरुमा हाल सुरक्षित रहन विभिन्न उपाय अपनाउन थालेका छन्। लकडाउनमा पनि खुला रहेका गाउँघर बन्द हुन थालेका छन्। छिमेकी गाउँको आवतजावत रोक्नलाई प्रवेशद्धारका झोलुङ्गे पुल, मोटरेवल पुल, सडकमा बाँस, ढुंगामुढा राखेर रोक लगाएका छन्। कतिपय स्थानमा त सडकमा रुख नै ढालेर अबरुद्ध पारिएको छ।

नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको  भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ।

बीमा कम्पनीले दुई करोड दिने

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा  दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

उदयपुरमा ४ सय बेडको क्वारेन्टाईन तयार

कोरोना भाईरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि  उदयपुरमा झण्डै ४ सय शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ। कोरोनाका संभावित संक्रमितलाई राख्न भनेर सदरमुकाम त्रियुगालगायत जिल्लाका आठ वटा स्थानीयतहमा गरी ३ सय ९७ बेडको क्वारेन्टाईन तयार गरिएको हो।

लकडाउन उल्लङघन गर्ने २५ नियन्त्रणमा

पर्साको ग्रामीण भेगबाट २५ जना मस्लिम समुदायका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु पर्साको पश्चिमी सिमावर्ती गाउँभएर भातबाट पसेको आशंका गरिएको छ। कोरोना (कोभिड –१९) संक्रमणको त्रासको बेला उनीहरुको गतिबिधि जोखिमपूर्ण भएपछि नियन्त्रणमा लिनु परेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

ज्वरो र झाडापखाला नियन्त्रण उन्मुख

खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा देखा परेको ज्वरो र झाडापखालाको समस्या नियन्त्रण उन्मुख भएको छ।

होलेरीमा ‘कोरोना नियन्त्रण कोष’

महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्याएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष बालाराम बुढाका अनुसार ‘कोरोना नियन्त्रण कोष’ खडा गरेर त्यसमा ३० लाख रकम राखिने भएको हो। यो रकम आवश्यकता अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि गर्न खर्चिने गाउँपालिकाको योजना रहेको छ।

सरकार भन्छ : कोरोना संक्रमण फैलावटको अवस्था नियन्त्रणमै छ

सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पुर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो।

लकडाउनमा चलेका तीन सय सवारी नियन्त्रणमा

कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।

भोलिदेखि देशभर पूर्ण लकडाउन गर्ने सरकारको निर्णय

सरकारले देशभर पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि  एक साताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो।

मंगलबारदेखि पाँचथर ‘लकडाउन’

कोरोना भाईरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्नको लागि जिल्लाका अत्यावाश्यक बाहेकका सबै सवारी साधानहरु बन्द गर्ने तयारी भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माका अनुसार मंगलबार विहानदेखि बाहिर जिल्लाबाट सवारीसाधन प्रवेश गर्न पाउने छैनन्।

टीकापुर नाकामा अत्यन्त फितलो व्यवस्थापन

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो देखिएको छ। त्यहाँ दिनहुँ ओहोरदोहोर गर्ने करिब दुई हजारजति मानिसमा कसैलाई पनि कोरोना भाइरस भए/नभएकोबारे जाँच गरिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्