१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ज्वरो र झाडापखाला नियन्त्रण उन्मुख

स्वास्थ्य चेकजाँच गर्न र औषधि लिन भेला भएका डम्बर्खुशिवालय सेलेवाका स्थानीय । तस्बिर : नागरिक

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा देखा परेको ज्वरो र झाडापखालाको समस्या नियन्त्रण उन्मुख भएको छ।

शनिबार वडाध्यक्ष बिदुरमान राईसँग सेलेवा टोल पुगेका अहेव जनक कार्कीले बिरामीको चेकजाँचका साथै आवश्यक औषधि वितरण गरेपछि ज्वरो, झाडापखाला लगायतका स्वास्थ्य समस्या नियन्त्रण उन्मुख भएको हो। शुक्रबारदेखि फैलिएको ज्वरो र झाडापखालाले १२ वर्षमुनिका १२ जना र ४० देखि ६० वर्ष उमेरका २२ जना बिरामी परेको वडाध्यक्ष राईले बताए।

मौसम परिवर्तनका कारण उनीहरुमा ज्वरो, झाडापखाला लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीको अनुमान छ। यद्यपी बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको अहेव कार्कीले बताए। सो गाउँका कोही पनि व्यक्ति वैदेशिक रोजगारीमा संलग्न नभएकाले हाल फैलिएको कोरोना भाइरस (भोभिड–१९)को त्रास नभएको बताइएको छ।

स्थानीयमा ज्वरो र झाडापखालाको सामान्य समस्या देखिए पनि नियन्त्रणमा आइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए। आइतबार पनि सेलेवा पुगेर स्थानीयको स्वास्थ्य अवस्था बारे बुझ्ने तयारी गरिएको छ।
 

प्रकाशित: १६ चैत्र २०७६ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App