२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मुस्लिम आयोगबाट ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले  महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

महाशाखा प्रमुख ढकालले महामारी नियन्त्रणका लागि सुरक्षाकर्मीको जिम्मेवारी बढ्दै गएको बताए । दिनभर सडकमा खटिने ट्राफिक प्रहरी धेरै मानिससँग सम्पर्कमा हुने भएकाले जोखिममा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सामग्री बढी आवश्यक  हुने बताए ।

आइतबार दिउँसो १ बजेटको तथ्यांकअनुसार नेपालमा २ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App