९ आश्विन २०८१ बुधबार
image/svg+xml

देउवा र दाहालकाे निर्णयविरुद्ध उम्मेदवार बनेका अधिकारी भारी बहुमतले विजयी

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको तर्फबाट गठबन्धनमा सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर प्रमुखको उम्मेदवार पाउने सहमति भएको थियो।

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशक अघिदेखि गुमेको आफ्नो शाख फर्काउन सफल भएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे विजयी भएका छन्।

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

रुकुमको मुसिकोट नगरपालिका मेयरमा कांग्रेस

रुकुम पश्चिमको सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

सियारीको अध्यक्ष /उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।

सूर्यविनायकका पराजित ढुंगेलले दिए विजयी थापालाई बधाइ

नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरका समापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासी निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासुदेव थापालाई बधाइ दिएका छन्।

सिद्धार्थनगरको मेयरमा काँग्रेसका खाँन र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्।

प्रदिप पौडेलको वडामा एमालेको जित

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलकै गृह वडामा नेपाली कांग्रेस कमजोरी सावित भएको छ। पौडेलको वडा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ कांग्रेसका लागि किल्लाको रुपमा चिनिन्थ्यो।

माओवादीको गणमा कांग्रेसको जित

माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार थापा विजयी

पाल्पाको रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। रामपुर नगरपालिकाको नगर प्रमुख (मेयर) मा रमणबहादुर थापा र उपप्रमुख (उपमेयर) पदमा बालकुमारी थापा विजयी भएका हुन्।

शान्तिनगर र दंगिशरणमा पनि काँग्रेस विजयी

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमिका केसी निर्वाचित भइन्।

बागीको बहुमतले नेतृत्वलाई चिटचिट

धादिङमा नेपाली कांग्रेसबाट बागी बनेका ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। टिकट वितरणमा असन्तुष्टी जनाउँदै आफ्नै पार्टीविरुद्ध बागी बनेका उम्मेदवारहरुले बहुमतसहित चुनाव जितेपछि ठूला भनिएका दलका नेताहरु अताल्लिएका छन्।

तादीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सञ्जु प्याकुरेल विजयी भएका हुन्।

राधेले मतदाता धम्क्याउन थालेपछि...

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण भण्डारी (राधे) ले भाइको विरुद्धमा बागी उठेको भन्दै स्वतन्त्र उम्मेदवार र समर्थकलाई धम्क्याउन थालेपछि स्थानीय आन्दोलित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्