coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदिप पौडेलको वडामा एमालेको जित

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलकै गृह वडामा नेपाली कांग्रेस कमजोरी सावित भएको छ। पौडेलको वडा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ कांग्रेसका लागि किल्लाको रुपमा चिनिन्थ्यो।

अघिल्लो पटकको स्थानीय निर्वाचनमा नेकपा एमालेलाई क्लिनस्विप पार्दै कांग्रेसका उम्मेदवारले लोकप्रिय मत पाएर किल्ला प्रमाणित पनि गरेका थिए। तर यसपटक कांग्रेस एमालेसँग पराजित भएको छ। वडामा दुई हजार ६३९ मत खसेको थियो। एक हजार २ सय ८१ मतप्राप्त गरी वडाध्यक्षमा एमालेका नारायणसिं थापा मगरले कांग्रेसको किल्ला भत्काएका छन्।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चन्द्रकला भट्टराइले एक हजार १६५ मतप्राप्त गरिन्। वडा सदस्यमा नेपाली कांग्रेस र नेपका एमालेबाट २/२ जना निर्वाचित भएका छन्। एमालेबाट खुल्ला सदस्यमा अशोक महत एक हजार २६७ र मानबहादुर क्षेत्री एक हजार १६८ मत प्राप्त गरी विजयी भए।

कांग्रेसबाट खुला महिला सदस्यमा डम्बरकुमारी सिग्देल एक हजार १९८ र दलित महिला सदस्यमा सिर्जना विक एक हजार २ सय १ मत प्राप्त गरी विजयी भएकी छिन्। पौडेलको वडा भएपनि यहाँ कांग्रेसको वडा अधिवेशनमा पनि निकै किचलो भएको थियो। त्यही किचलो र उम्मेदवार चयनमा विवाद भएपछि कांग्रेसले हार व्यहोर्नुपरेको कांग्रेसका नेता कार्यकर्ताहरु स्विर्काछन्।

यस्तै नेकपा माओवादीकी केन्द्रीय सदस्य एवम पूर्वमन्त्री आशा कोइरालाको वडामा माओवादी केन्द्र निकै कमजोर देखिएको छ। गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी कोइरालाको वडा शुक्लागण्डकी–५ मा दुई हजार ३७५ मत खसेको थियो। माओवादी केन्द्रबाट वडा अध्यक्ष लगायत वडा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवाारले ६ प्रतिशत भन्दामाथि मत कटाउन सकेनन्।

यो वडामा नेकपा एमालेका दिर्घबहादुर थापाको प्यानल निर्वाचित भएको छ। शुक्लागण्डकी नगरपालिकामा हालसम्म १ देखि ९ नम्बर वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पाँच वडामा नेपाली कांग्रेस र चार वडामा नेकपा एमाले वडाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App