७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

बेलकोटगढीमा गठबन्धनका उम्मेदवारहरू विजयी

नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना शनिवार बिहान सकिएको हो। अन्तिम मत परिणाम अनुसार १३ हजार २ सय २२ मत ल्याएर नेकपा (माओवादी केन्द्र) का जगतबहादुर गुरुङ मेयरमा विजयी भएका हुन्। गुरुङका नजिकका प्रतिस्पर्धी नेकपा (एमाले) का राजेन्द्ररमण खनालले ६ हजार ७ सय ४९ मत पाएका छन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका शिवप्रसाद दाहाल विजयी भएका छन्। १० हजार  ७ सय ६६ मत ल्याएर दाहाल उपमेयरमा विजयी भएका हुन्। उनको नजिकका प्रतिस्पर्धी नेकपा (एमाले) की रुपा सापकोटाले ७ हजार २ सय ७४ मत पाएकी छिन्।

नगरपालिकाको १३ वटा वडामध्ये ४ वटा वडामा नेकपा (एमाले), ७ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

नेकपा (एमाले) बाट वडा नम्बर १ मा सन्तबहादुर घले, वडा नम्बर ६ मा अम्बिका तामाङ, वडा नम्बर  ८ मा सुरेस चित्रकार र वडा नम्बर १२ मा डिल्लीराम सिलवाल विजयी भएका हुन्।

त्यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर २ मा रामचन्द्र तिमिल्सिना, वडा नम्बर ५ मा मदन भुजेल, वडा नम्बर ७ मा भूवनेश्वर नेपाल, वडा नम्बर ९ मा दुर्गाप्रसाद गजुरेल, वडा नम्बर १० मा प्रल्हाद थपलिया, वडा नम्बर ११ मा प्रकाशजङ पाण्डे र वडा नम्बर १३ मा नवराज पाण्डे विजयी भएका हुन्।

नेकपा (माओवादी केन्द्र) बाट वडा नम्बर ३ मा कौशिला पुडासैनी र  वडा नम्बर ४ मा चन्द्रबहादुर तामाङ विजयी भएका हुन्।

बेलकोटगढी नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) र उपमेयरमा नेपाली कांग्रेस रहने गरी गठबन्धन भएता पनि वडा तहमा मित्रवत् प्रतिस्पर्धा भएको हो।

प्रकाशित: ७ जेष्ठ २०७९ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App