५ पुस २०८१ शुक्रबार
image/svg+xml

'कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धितर्फ प्रेरित गर्छ'

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धिका साथै नागरिकलाई अनुशासित बन्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

शान्तिप्रक्रियामा माओवादी: अजेन्डा स्थापित, विचारमा विचलन

विस्तृत शान्तिप्रक्रियाको डेढ दशकको समय मुलुक माओवादीकै अजेन्डामा अघि बढिरहेको देखिन्छ। तर माओवादीचाहिँ सत्ता र शक्तिमै लागेका कारण क्षयीकरण हुँदै गएको छ।

अनौठा न्यायिक अभ्यास

देउवालाई प्रधानमन्त्री बनाइदिने परमादेशपछि सर्वोच्च अदालतको भूमिका राजनीतिक दलसँगको सम्बन्धका विषयमा टिकाटिप्पणी भइरहेका छन्।

किन छाड्न हुन्न चोलेन्द्रले?

एउटा प्राकृतिक न्यायअनुसार पनि के चोलेन्द्रशमशेरले आफूमाथि लागेको आरोपको सफाइ पनि दिन नपाउनु? यो कस्तो व्यवस्था हो?

लैंगिक विभेदका प्रमुख कारण

हाम्रो समाज परम्परागत प्रथा, रीतिरिवाज, मूल्य, मान्यता, प्रचलन तथा रहनसहनबाट प्रशस्तै मात्रामा प्रभावित छ। हिन्दु कठोर सामाजिक व्यवस्था भएको यो समाजमा महिलाको अवस्था स्वतन्त्र नभए तापनि महिलालाई विद्या, शक्ति तथा धनको प्रतीकका रूपमा लिइएको छ।

नवरात्रि : भित्री ऊर्जा उजागर गर्ने पर्व

यस वर्ष विजयादशमी असोज महिनाको अन्तिममा सकिने गरी सुरु भएको छ। असोज २१ गते घटस्थापना अर्थात विधिपूर्वक राखिएको जमरा २९ गते दही, अक्षता र अविरको रातो टीकासँगै लगाइन्छ। यस वर्ष षष्ठी तिथि घटेकाले घटस्थापनाको नवौँ दिनमा नै हामी विजयादशमी मनाउँछौँ। ऋतु र मौसमका हिसाबले अत्यन्त उचित समयमा यस वर्षको दसैं परेको छ।

अदालतप्रतिको जनआस्था र अवहेलना

असल न्यायाधीशले गलत कानुनको पनि विवेकसम्मत व्याख्या गरी न्याय गर्न सक्छ र खराब न्यायाधीशले असल कानुनको पनि गलत व्याख्या गरी अन्याय गर्न सक्छ।

दुर्गासप्तशतीमा सत्तासूत्र

राष्ट्रका लागि तप र साधनाका लागि हो भन्ने आसय नै दुर्गासप्तशतीको शासनसूत्र त होइन भन्ने सम्बद्ध पक्षलाई नवरात्र पर्वले बोध गराउन सकोस्।

राष्ट्रवादको अर्थ

कथम्कदाचित तेस्रो विश्वयुद्ध सुरु भएमा विश्वको मानचित्रबाट कैयन् राष्ट्र लोप हुन सक्छन्। त्यस्तो अवस्थामा पनि नेपाल र नेपालीलाई बचाउन सक्ने सक्षम नेतृत्व चाहिएको छ नेपाललाई।

अध्यादेश खारेजले अदालतको फैसलामा प्रभाव पार्ला ?

कानुनविद्हरूले अध्यादेश खारेजबाट मुद्दामा कुनै प्रभाव नपर्ने तर्क गरेका छन्। अदालतले अध्यादेशको विपक्षमा फैसला गरे पनि अध्यादेशबमोजिम भइसकेका काम बदर नहुने उनीहरूको दाबी छ ।

सुयोग्य न्यायाधीशको सन्दर्भ

सुधार अभियानका हिसाबले आजसम्मकै सबैभन्दा महत्वपूर्ण दस्तावेजको रूपमा प्रतिवेदन आएपछि न्यायालयमा खैलाबैला मच्चिएको मात्रै छैन, इतिहासदेखिकै न्यायाधीश नियुक्तिमा भएको त्रुटिको समेत समीक्षा हुन थालेको छ।

पितृ श्राद्ध पक्ष

आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको श्राद्धलाई एकोदृष्टि भनिन्छ। एउटा मात्र पितृको स्मरणमा गरिने श्राद्ध, जसमा आफ्ना आमा, बुवा, पत्नी या पतिका तिथिमा गरिने श्राद्ध एकोदृष्टि श्राद्ध हो। यो श्राद्धमा एउटा मात्र पिण्ड दिइन्छ।

नेपाली राष्ट्रियता र संविधान

राष्ट्रियता भनेकै जनताद्वारा अनुभूत गरिने राष्ट्रप्रतिको आफ्नोपन, एकत्व, सामञ्जस्यता, गौरवबोध एवं राष्ट्रिय स्वाभिमान हो जसको प्रत्याभूति संविधानले गराउँछ।

असंसदीय अभ्यास

सभामुखविरुद्ध नारा/जुलुस गर्ने वा उनीविरुद्ध क्रियाकलाप गर्न छूट छैन। तर अहिले सभामुखविरुद्ध जसरी नारा लाग्दै आएको छ, त्यसले भोलिका दिनमा पनि संसद्का बैठक चलाउन सक्ने अवस्था नआउन सक्छ। यो स्थितिमा कसैले पनि संसद् चलाउन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्