यो संविधान किन चल्दैन ?
यो संविधानको नियति नै नचल्ने हो । पहिलो संकेत पहिलो संविधान सभाले दिएको थियो । यसले संविधान बनाउनै सकेन । दोस्रो संविधान सभाले जुन दिन घोषणा गर्यो उसै दिन यो जलाइयो । त्यसपछि यसले दुई तीन दर्जन नेपालीको ज्यान लियो ।
यो संविधानको नियति नै नचल्ने हो । पहिलो संकेत पहिलो संविधान सभाले दिएको थियो । यसले संविधान बनाउनै सकेन । दोस्रो संविधान सभाले जुन दिन घोषणा गर्यो उसै दिन यो जलाइयो । त्यसपछि यसले दुई तीन दर्जन नेपालीको ज्यान लियो ।
कुनै यस्तो पनि दिन थियो जब नेपाली भारतीय भन्दा धेरै स्वावलम्बी र उच्च सम्मानका थिए । त्यसको मुख्य कारण नेपाल एक स्वतन्त्र देश थियो तर भारत २०० वर्षसम्म अंग्रेजको अधीनमा रह्यो । नेपाल, नेपाली शासक र नेपालीले स्वतन्त्र निर्णय गर्न पाउँथे । तर भारत र भारतीयहरूको बारेमा बेलायत, बेलायती सरकार र भारतमा रहेको बेलायती सरकारले निर्णय गथ्र्याे ।
नेपालका नेपालीले संसारका सबै नेपालीको एकता, सामीप्यता र उन्नतिका लागि ठाउँ बनाउनुपर्छ । नेपालको संविधानले राजनीतिक अधिकार छाडेर अरू सबै अधिकार पाउने गरी प्रवासी नेपालीलाई नेपालको नागरिकता दिने भनेको छ । यस अधिकारअन्तर्गत नेपालीले नेपालमा केही सम्पत्ति, आवागमन र बसोबास गर्न पाउने छन् । यसले विश्वका नेपालीबीच एकता, सामीप्यता र उन्नतिमा सहभागिता बढ्नेछ ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धेरै कुरा बुझ्न सकिएको थिएन । तर, नेपाल कम्युनिस्ट पार्टीको झगडा सुरु भएदेखि उनी को हुन् कस्ता हुन् भनेर धेरै सुन्न र बुझ्न पाइयो । उनको हातमा आजको दिनमा जुन सत्ता छ त्यसबाट सबभन्दा धेरै उनकै साथीहरू तर्सिएका रहेछन् । त्यो सत्ताले के के गर्न सक्दोरहेछ भनेर अनेक चेवाचर्चा गरेको उनका पुराना साथीभाइबाट सुनिन्छ ।
प्रधानमन्त्री केपी ओलीले जब संसद् भंग गर्ने सिफारिस गरे उनलाई उनका आलोचकहरूले प्रतिगामी भने । यो सुन्दा नेपालमा को अग्रगामी, को प्रतिगामी, के अग्रगामी र के प्रतिगामी हो भनेर बुझ्न गाह्रो पर्यो । जुन प्रधानमन्त्रीलाई झण्डै दुईतिहाइ सांसदको समर्थन थियो त्यस्तो मानिस पनि प्रतिगामी हुन सक्ने रहेछ भनेर कसरी कल्पना गर्नु ?
कम्युनिस्टहरूको ७० वर्षको म्याद सिद्धिएकाले नेपाल कम्युनिस्ट पार्टीमा झगडा र फुट भएको हो । कम्युनिस्टहरूले आपसी लडाइँबाट नै आफ्नो नाश गर्ने देखिन्छ ।
नेपाल एक हल्लाको देश हो भनेर कवि भूपी शेरचनले भनेका थिए । यसको माने हल्ला हल्ला मात्र नभएर साँचो नै निस्कने भएकाले हो । २००७ सालपछिको इतिहास हेर्दा पनि यो प्रमाणित हुन्छ । जस्तो कि २००७ सालमा राणाशाही जान्छ भनेर ठूलो हल्ला चल्यो । कतिपय राणा र समाजका गण्यमान्य व्यक्तिलाई यो कुरामा विश्वास थिएन । तर कालान्तरमा गयो पनि ।