८ मंसिर २०८१ शनिबार
image/svg+xml
मोहन बन्जाडे


मोहन बन्जाडेका लेखहरु :

अदालतप्रतिको जनआस्था र अवहेलना

असल न्यायाधीशले गलत कानुनको पनि विवेकसम्मत व्याख्या गरी न्याय गर्न सक्छ र खराब न्यायाधीशले असल कानुनको पनि गलत व्याख्या गरी अन्याय गर्न सक्छ।

विकास रोकावटमा राज्यका अंग

मिलेमतोमा समय थपिनु, गुणस्तरहीन काम स्वीकृत गरी भुक्तानी दिनु, विकास परियोजनाको लेखा परीक्षण गर्न मरिहत्ते गर्ने प्रवृत्ति र कारण पनि विकास कार्यमा कर्मचारीतन्त्रका खेलकुद क्षेत्र हुन्।

दिव्य उपदेशका पक्षमा

युरोपमा धर्म परिवर्तन गर्न नमान्ने लाखौँ पेगन र खासगरी महिलालाई घिसारेर, आगो लगाएर वा अन्य कुनै निर्मम तरिकाबाट मारिएका अभिलेख भेटिन्छ।

संविधानमा वैदेशिक सम्बन्ध

नेपालको संविधानको प्रस्तावनामा विदेश सम्बन्धसम्बन्धी सन्दर्भ शब्दमा उल्लेख छैन तथापि नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने कुरा उल्लेख छ।

संविधानका केही त्रुटि

कानुनको त्रुटिरहित मस्यौदा हुन गाह्रो हुन्छ। यसको आशय कानुन त्रुटिहरूको संगालो हो भन्ने पनि होइन। यस आलेखमा संविधानका मसिना भन्न सकिने (महŒव ठूलो पनि हुन सक्ने) विषय उठाइनेछ।

संविधानमा संघीयता : प्रकृति र प्रवृत्ति

नेपालको अन्तरिम संविधान निर्माणकालमा संघीयताबारे चर्चा भएन। अन्तरिम संविधानपछि केही देशका स्वघोषित बुद्धिजीवी नेपाल आउने, निम्त्याउने र दबाब एवं प्रभाव सिर्जना गर्ने काम सुरु भयो। ती पराई बुद्धिजीवी कसका अजेन्डा र लगानीमा बुद्धी भुट्न नेपाल आए रु अनि ककसलाई कसरी चोख्याए र ककसलाई कसरी बिटुल्याए रु आफ्नो संविधानमा एभान्जेलिक पन्थ प्रत्यक्ष देखिने मुलुकका संस्था र व्यक्ति देखिनेगरी सक्रिय थिए। राष्ट्रसंघको टोपीमा आएका दम्पती त जातीय भेला गरी जातपिच्छेका राज्य बाँड्न उद्दत देखिए। अमुक दूतावासमा मान्छे जम्मा गरेर समतलमा एउटा र उत्तरतिर धेरै राज्यको अजेन्डा चलाए।

संविधानमा सेना र सुरक्षा

सेना परिचालनजस्तो महत्वपूर्ण विषयमा सोही प्रकृतिका अन्य विषय नभनी ‘अन्य’ विषय भनिएकाले सरकारले अन्य कुनै पनि विषयमा सेना परिचालन गर्न सक्ने छूट दिएको भन्ने अर्थ लगाउन सकिन्छ।

सांस्कृतिक आक्रमणका औजार

साम मरिसका अनुसार पश्चिमाले मूलतः विश्वास गर्ने एकल पुस्तकमा बालिकाहरूको व्यापारलाई अनुमति छ। दासतालाई गर्वका रूपमा लिइएको छ। अरू विश्वासका मानिसलाई मार्न हुने खुला छुट छ। अहिले पनि गर्भपतन र परिवार नियोजनका साधनको प्रयोगको विरोध गरिन्छ तर आम मानव हत्याको भने विरोध छैन (लेटर टु क्रिस्चियन नेसन )।

कौटिल्यको अर्थशास्त्रमा सदाचार

पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो। मानिस असल जीवन यापनका लागि व्यक्तिगतरूपमा सदाचारी हुनुपर्छ। व्यक्तिगत जीवन सफल बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, बिहार तथा गर्न हुनेनहुने काम, कुरा र व्यवहारबारे शास्त्रमा चर्चा छ। यस्तै परिवारसँगको सम्बन्ध र कर्तव्य, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यबारे पनि विभिन्न शास्त्रमा वर्णन छ। मानिसको दिनचर्या, आश्रम प्रबन्ध, कानुनको पालना मात्र होइन, राजादेखि जनपदका सेवकसम्मले गर्न हुने, नहुने र गर्नुपर्ने कुरा पनि उल्लेख छ। पश्चाताप र प्रायश्चितको वर्णन छ। राजादेखि राज्यका अन्य अधिकारी र कर्मचारीको योग्यता र अयोग्यताबारे पनि चर्चा छ। समयमा सेवा प्रदान गर्नुपर्नेदेखि भ्रष्टाचार गरेमा के कस्तो सजाय हुने भन्नेसम्मका कुरा शास्त्रमा उल्लेख छ।

राजनीतिक तहमा सुशासन

राजनीतिक तह भन्नाले संकुचित अर्थमा निर्वाचन वा मनोनयनबाट सार्वजनिक पदमा रहेका व्यक्ति र तिनका अवयव बुझिन्छ। तीनै तहका कार्यपालिका, विधायिका र त्यसका समिति यसका उदाहरण हुन्। व्यापक अर्थमा राजनीतिक नियुक्ति हुने पदमा नियुक्ति पाउने सबै व्यक्ति र सो सम्बद्ध निकाय, जस्तै– संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति पाउने व्यक्ति पनि राजनीतिक तह हुन्। अझ व्यापक अर्थमा भन्दा राजनीतिक तहका व्यक्तिलाई निर्णय प्रक्रियामा सहयोग र सूचना दिने भनी नियुक्त कर्मचारीतन्त्र बाहिरका सल्लाहकारका रूपमा नियुक्त व्यक्ति सरकारी कर्मचारीबाहेकका निजी सहायक पनि यसै श्रेणीमा आउँछन्।

भ्रष्टाचारका जेलिएका जराहरू

भ्रष्टाचार आफू र आफन्तले गर्न र लुकाउन सके ठीक हुने तर अरुले भने गर्न नहुने भनी उपदेश दिइने अपराध हो। यो सामान्य मानिसभन्दा शिक्षित, पढालेखा, जान्नेसुन्ने, पदमा रहेका, देश÷विदेश देखेका र पदमा रहेका व्यक्तिलाई प्रभाव पार्न सक्ने व्यक्तिहरूले गर्ने अपराध हो।

राष्ट्रसंघमा पश्चिमा गठजोड

हालै पनि संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय र अन्य केही दूतावास मिली वक्तव्य जारी गरेको कुरा सार्वजनिक भएको छ।

संविधानभित्रका अन्तरविरोध

सामान्यतः एउटै कानुनका व्यवस्था आपसमा बाझिएको भनी अनुमान गरिँदैन। कानुन व्याख्या गर्नेले कानुनका व्यवस्थाको आपसमा समन्वयात्मक व्याख्या गर्नुपर्छ। अन्य कुनै कानुन संविधानसँग बाझिएमा बाझिएको हदसम्म अमान्य हुन्छ। त्यस्तो बाझिएको कानुन अमान्य वा बदर गराउन उच्चतम न्यायालयमा निवेदन दिन पाइन्छ। यो संवैधानिक सर्वोच्चताको मान्यता र न्यायिक पुनरावलोकनको मुख्य चरित्र पनि हो।

संविधान निर्माणमा बाहिरी संलग्नता

नेपाल २००४ सालयता सरदर ९ वर्ष ७ महिना १० दिनका दरले करिब ६८ वर्षमा सातवटा संविधान फेर्ने मुलुक हो। २००४ सालको संविधान मूलतः श्री ३ पद्मशमशेर राणाको चाहना थियो। त्यसका निम्ति माघ २००३ मा ७ बुँदे प्रश्नावली बनाइ वितरण गरिएको थियो।प्रश्नावली भर्नेहरूले राजनीतिक र कानुनी  सुधार गर्नेतर्फ अनुदार रहेकार हतोत्साह प्रदर्शन गरेका देखिन्छ।

प्रदेश सरकार र वैदेशिक सहायता

अन्तरिम संविधान बन्दा संघीयताको प्रसंग सुन्न सकिने गरी उठाइएको थिएन। २०६२–२०६३ मा संघीयता मूल मुद्दा भएको भए अन्तरिम संविधान निर्माणका बेला त्यो हदको मौनता रहने थिएन। तथापि नेपालमा आफ्नो दबाब र प्रभाव कायम गर्न चाहनेहरू नेपाली र नेपाललाई कमजोर पार्ने कुराका तानाबाना बुन्दै थिए भन्ने कुराचाहिँ नकार्न सकिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्