२० आश्विन २०८१ आइतबार
image/svg+xml

कलङ्कीमा ट्रक दुर्घटना, तीनको मृत्यु

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अर्का दुई जना घाइते भएका छन्।

नदीमा डुबेर किशोरको मृत्यु

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ। म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो।

होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु

कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।

यौन सम्पर्क गर्न बाध्य बनाएको रिसमा यी नर्सले जब सहकर्मी डाक्टरलाई टुक्राटुक्रा पारिन्

युलिन पिपल्स अस्पतालमा कार्यरत नर्स २५ वर्षीया नर्स ली फेङपिङलाई सोही अस्पतालका अर्थोपेडिक्स उपप्रमुख लुओ युआनजियानलाई मारेको अभियोगमा अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

तीन दिनको अन्तरमा धरानमा कोरोनाले श्रीमान–श्रीमतीको मृत्यु

धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो।

नियमित खोर्सानी खानेलाई मृत्युको जोखिम कम : अमेरिकी अनुसन्धान

अमेरिकन हर्ट एसोसिएसनका अनुसार नियमित खोर्सानी सेवनले क्यान्सर र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम कम गर्ने देखिएको हो।

विराटनगरमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो। यो सँगै प्रदेश १ मा एकै दिन मृत्यु हुने अहिलेसम्मकै उच्च संख्या हो।

रुपन्देहीमा उपचारकै क्रममा दुईजना संक्रमितको मृत्यु

रुपन्देहीमा आज उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।

मोरङमा ९ जना संक्रमितको मृत्यु

मोरङमा पछिल्लो १६ घण्टामा ९ जना कोरोना भाइरस(कोभिड —१९) संक्रमितको मृत्यु भएको छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २, न्युरो अस्पतालमा १ र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको हो।

प्रदेश १ : पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा मोरङको विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ६ पुरुष र १ महिलासहित ७ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७१ जना नयाँ संक्रमित थपिएका छन्।

रुपन्देहीमा एकै दिन दुई संक्रमितको मृत्यु

रुपन्देहीमा आज बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवलका एक पुरुष र सैनामैनाकी एक महिला छन्। बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षिय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो।

यातायात कर्मचारी मृत भेटिए

कालीकोटस्थित यातायात कर्मचारीका रुपमा काम गर्दै आएका एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। खाडाँचक्र नगरपालिका–२, घर भइ हाल लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण खड्का मृत अवस्थामा भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्