२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रक र मोटरसाईकल ठोक्किँदा ३ जनाको मृत्यु

दाङमा मंगलवार राती भएको सवारी दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ। देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रक र मोटसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ३३४४ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा ५ प ६७३३ नम्बरको मोटरसाईकल ठोक्किएका हुन्। दुर्घटनामा परि मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनीयाका मनोज गाहा,  मोटरसाईकलमा सवार राप्ती गाउँपालिका २ का कसम पुन र राप्ती गाउँपालिका पिपरीका दिनेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन्। उनिहरुको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ कार्तिक २०७७ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App