coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुपन्देहीमा उपचारकै क्रममा दुईजना संक्रमितको मृत्यु

रुपन्देहीमा आज उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत ४८ वर्षीय महिलाको गएराती मृत्यु भएको हो। उनलाई गत १८ गते पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भैरहवा भिम अस्पतालको आइसीयूमा उपचार भैरहेको थियो। उपचारकै क्रममा गएराती उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए। ती महिलालाई दिर्घरोग नभएपनि निमुनीयाको समस्या पटक पटक दोहोरीने गरेको शाहले बताए। रुपन्देहीमा यसअघि पनि एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो।  

गएराती लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिबर क्लिनीकमा कपिलवस्तुका एक जना संक्रमित पुरुषको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका  ६  का ७९ वर्षे पुरुषको गएराती मृत्यु भएको अस्पतलाका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। स्वास्थ्यमा  समस्या देखिएपछि उनलाई सोमबार बिहान अस्पताल ल्याइएको थियो। पिसीआर टेष्ट गर्दा संक्रमण देखिएपछि फिबर क्लिनीकको आइसोलेसन वाडमा राखेर उपचार गरीएपनि राती मृत्यु भएको डा. गौतमले बताए।  

स्वासप्रश्वासमा समस्या देखिएका ती पुरुषलाई तत्काल आइसीयूमा राख्नु पर्ने भएपनि कोरोना अस्पतलाको आइसीयू बेड खाली नभएपछि फिबर क्लिनीकमै राखेर उपचार गरीएको थियो।

प्रकाशित: २५ कार्तिक २०७७ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App