पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७१ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको नमुना परीक्षण गरिएको थियो। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११२६ पुगेको छ।
प्रकाशित: २४ कार्तिक २०७७ १०:५५ सोमबार