१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु

कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।  

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका वृद्धको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। मिर्गौला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 

सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यमा सुधार नआएर घर लएिका र मङ्गलबार राती ११ बजे मृत्यु भएको हो। यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ। रासस 

प्रकाशित: २६ कार्तिक २०७७ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App