coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ : पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा मोरङको विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ६ पुरुष र १ महिलासहित ७ जनाको मृत्यु भएको छ।  

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ३, विराटनगरको विराट नर्सिङ होममा २, विराटनगरकै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ र बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्।  

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ६:४५ बजे मृत्यु भएको कोसी अस्पतालले जनाएको छ। कात्तिक १८ गते रिपोर्ट पोजेटिभ आएसँगै उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ।  

इलाम मंगलबारेका ६५ वर्षिय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका वृद्ध पुरुषलाई कात्तिक १७ गते अस्पताल भर्ना गरेपछि गरिएको स्वाब पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।  

नोबेलमै सोमबार बिहान ३ बजेतिर उपचारका क्रममा सुनसरी इनरुवाका ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। कात्तिक १७ गते अस्पतालमा भर्ना गरेसँगै गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो।  

सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति ८:४० बजेतिर मृत्यु भएको विराट नर्सिङ होमले जनाएको छ। कात्तिक २२ गते कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको नर्सिङ होमले जनाएको छ।  

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा सोमबार बिहान ६ बजेतिर मृत्यु भएको विराट शिक्षण अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो।

झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको सोमबार बिहान ७ बजेतिर मृत्यु भएको विराट नर्सिङ होमले जनाएको छ। कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो

सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आइतबार राति १० बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालका प्रबन्धक दाहालका अनुसार श्वासप्रश्वास, ज्वरो, निमोनिया, मधुमेह, उच्च रक्तचापलगायतको समस्या रहेको थियो।

 

प्रकाशित: २४ कार्तिक २०७७ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App