८ वैशाख २०८१ शनिबार
समाज

तीन दिनको अन्तरमा धरानमा कोरोनाले श्रीमान–श्रीमतीको मृत्यु

धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो। तीन दिनअघि ६७ वर्षिया वृद्धाको अस्पतालबाट घर ल्याएको भोलीपल्ट निधन भएको थियो।  

आज बिहान उनका ७४ वर्षिय श्रीमानको पनि उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार होम आइसोलेसनमा रहेका वृद्धलाई गाह्रो भएपछि बिहान करिब साढे ९ बजेतिर अस्पताल लगिएको थियो। ‘साढे १० बजेतिर मृत्यु भएको जानकारी आएको छ,’मेहताले भने।

मृतकको कार्तिक २१ गते स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। उनको पिसिआर रिपोर्ट २३ गते पोजेटिभ आएको थियो। मृतकको शव नियम अनुसार अन्त्येष्टीको तयारी भइरहेको पनि उपमहानगरपालिकाले जनाएको छ।  

 

 

प्रकाशित: २६ कार्तिक २०७७ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App