१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यौन सम्पर्क गर्न बाध्य बनाएको रिसमा यी नर्सले जब सहकर्मी डाक्टरलाई टुक्राटुक्रा पारिन्

नर्स ली फेङपिङ

चीनमा आफूसँगै काम गर्ने डाक्टरको हत्या गरेको अभियोगमा एक नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ।  

चिनियाँ सञ्चामाध्यमका अनुसार युलिन पिपल्स अस्पतालमा कार्यरत नर्स २५ वर्षीया ली फेङपिङलाई सोही अस्पतालका अर्थोपेडिक्स उपप्रमुख लुओ युआनजियानलाई मारेको अभियोगमा अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।  

स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै मिररडटकमले जनाएअनुसार आफूलाई यौन सम्पर्क गर्न बाध्य तुल्याएको भन्दै नर्सले ती डाक्टरलाई टुक्राटुक्रा पारेर काटेकी हुन्।

जुवाको लत लागेकी नर्स लीले सहकर्मी ती डाक्टरसँग पैसा सापटी लिएकी थिइन्। तर तिर्न नसकेपछि डाक्टरले आफूलाई हप्तामा तीनपटक यौन सम्पर्कका लागि बाध्य गराउने गरेको नर्सको आरोप छ। 

त्यही रिसको बदला लिन उनले डाक्टरको शरीर टुक्राटुक्रा पारेर काट्नाका साथै पकाएको र ट्वाइलेटमा फालेको पाइएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ। प्रहरीले नर्स ली बस्ने घरबाट डाक्टरको शरीर टुक्राटुक्रा अवस्थामा बरामद गरेको समाचारमा जनाइएको छ।  

स्थानीय चिनियाँ सञ्चारमाध्यमका अनुसार डाक्टरको हत्या गत मार्च २३ तारिखमा भएको हो। सोही कसुरमा नर्स लीलाई मृत्युदण्डको सजाय सुनाइएको तर मृत्युदण्ड कहिले दिइन्छ भन्नेबारे खुलाइएको छैन।  

प्रकाशित: २६ कार्तिक २०७७ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App