२१ आश्विन २०८१ सोमबार
image/svg+xml

१०३ प्रतिशतभन्दा बढी नाफा लिएर सेनिटाइजर बेच्नेलाई २ लाख जरिवाना

विविता सर्जिकल हाउस(थोक बिक्रेता)ले अस्वभाविक नाफा (खरिद मूल्यभन्दा १०३% भन्दा बढी) गरेको र उक्त कार्य उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिमको कसुर ठहरिने जनाउादै सो फर्मलाई रू. दुई लाख जरिवाना गरिएको मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाइँले बताए।

विद्युतको गुणस्तर सुधार्न माग

विद्युत्को गुणस्तर सुधार गर्न विराटनगरका उद्योगी, व्यवसायीले माग गरेका छन्। छिनछिनमा बिजुली कटौती हुन थालेपछि विराटनगरका उद्योगी, व्यवसायीले गुणस्तर सुधार गर्न प्राधिकरणका प्रदेश कार्यालय प्रमुखलाई आग्रह गरेका हुन्।

कलामा गुणस्तरको खोजी

शास्त्रीय कलादेखि समसामयिक कला, आधुनिक वा उत्तर आधुनिक, लोककला वा हस्तकलामा कुनै समाज आएकै हुन्छ। कहिले यो संस्कारको एक अभिन्न अंग भएर देखापर्छ, कहिले धर्मको एक अंग, कहिले सामाजिक सवालको सन्दर्भमा वा कहिले राजनीतिका मुद्दामा देखापर्छ। यिनै कलाको माध्यमबाट मान्छेले आफ्नो भाव र विचारलाई सञ्चारित गरिरहेका हुन्छन्।

प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको पुष्टि

नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको छ। नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको हो।

औधोगिक समानमा गुणस्तर कायम गर्न ३१ वटा मापदण्ड

बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आइरहँदा नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न वस्तुका ३१ वटा मापदण्ड तयार गरेको छ।

विशाल ग्रुपको बदमासी: खाद्यवस्तुसँगै डन्डी पनि गुणस्तरहीन

न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन भएको छ।

यी हुन् छुनै नहुँने गुणस्तरहीन १७ कम्पनीका सेनिटाइजर

हालसम्म १७ वटा सेनिटाइजर कम्पनीहरुलाई विभागले कारबाही गरिसकेको छ।

जगदम्बाको फलामे डण्डीको गुणस्तर न्यून

काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो ।

गुणस्तरहीन चिनीमा अख्तियारको छानबिन

खाद्य वस्तुको गुणस्तर मापन गर्ने निकायले नै गुहणस्तरहीन चिनीलाई खानयोग्य भनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ। प्रयोगशालाले आइएसओ १५१८९ चिन्ह प्राप्त गरेको हो।

ओम्नीसँग साँठगाँठ

ओम्नीले आपूर्ति गरेका सामानको गुणस्तरमा प्रश्न उठिरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरु तिनै सामान प्रयोग गरेर भुक्तानी दिने कसरतमा छन्।

रिपोर्ट बाझिएपछि मेसिनको गुणस्तरमा शंका

प्रादेशिक प्रयोगशालाले परीक्षणपछि नेगेटिभ भनी रिपोर्ट दिएका तीन व्यक्तिको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ।

गुणस्तर शिक्षाका लागि हेलम्बुमा नमुना विद्यालय

हेलम्बु गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका विद्यार्थीलाई एउटै थलोमा राखेर माध्यामिक तहको शिक्षा दिने उद्देश्यले नमुना सामुदायिक विद्यालय निर्माण थालेको छ । गाउँपालिकाले हेलम्बु मोडेल स्कुलको नाम दिएर इचोकको घोप्टेघ्याङमा विद्यालय भवन निर्माण सुरु गरेको हो ।

सीमा क्षेत्रका नागरिक अझै ढिकेनुनकै भरमा

कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन्। भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका छन्।

तरकारीको मूल्य र गुणस्तरमा विकृति

गत शुक्रबार बिहान ५ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयोजन गरेको बजार अनुगमन टोली कालीमाटी तरकारी बजारमा पुग्दा बाहिरबाट तरकारी भित्रने र बजारका पठाउने क्रम चलिरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्