८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

१०३ प्रतिशतभन्दा बढी नाफा लिएर सेनिटाइजर बेच्नेलाई २ लाख जरिवाना

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १०३ प्रतिशतभन्दा बढी नाफा लिएर सेनिटाइजर बेच्नेलाई २ लाख रुपैंया जरिवाना गरेको छ।

मन्त्रालयले इटहरीमा गरेको अनुगमनको क्रममा विविता सर्जिकल हाउस(थोक बिक्रेता)ले अस्वभाविक नाफा (खरिद मूल्यभन्दा १०३% भन्दा बढी) गरेको र उक्त कार्य उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिमको कसुर ठहरिने जनाउादै सो फर्मलाई रू. दुई लाख जरिवाना गरिएको मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाइँले बताए।

सूचना अधिकारी सेढाइँले भने, 'सो सर्जिकल हाउसले एमआरपी उल्लेख नभएको भारतीय कम्पनीबाट लाइफ गार्ड नामको सेनिटाइजर रू.३९.३०।– मा खरिद  गरी रू.८०।– मा बिक्री गरेकाले जरिवाना गरेको हो।'

त्यस्तै इटहरीकै होम्ताङ आयुर्वेद औषधालयले स्यानिटाइजरलगायत अन्य औषधीहरू खरिद बिक्री गर्दा बिलबिजक राखेको नभेटिएकोले तत्काल बीस हजार रुपैंया जरिवाना गरिएको उनले बताए।

प्रकाशित: २८ वैशाख २०७८ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App