वयोवृद्ध कलाकारको परिपक्व कला
विशेष गरेर नेपाली समसामयिक कलाका पुस्तकहरू जति पनि प्रकाशनमा आए, यीमध्ये यो पुस्तक एक अलग स्वरूप र प्रकृतिको हुनुले पनि यसको चर्चा–परिचर्चा समय–सान्दर्भिक भएको पनि हो।
विशेष गरेर नेपाली समसामयिक कलाका पुस्तकहरू जति पनि प्रकाशनमा आए, यीमध्ये यो पुस्तक एक अलग स्वरूप र प्रकृतिको हुनुले पनि यसको चर्चा–परिचर्चा समय–सान्दर्भिक भएको पनि हो।
आर्ट काउन्सिल पुग्नेबित्तिकै एउटा भव्य व्यापार व्यवसाय भइरहेजस्तो, तामझामका साथ मेला लागेजस्तो वातावरण दर्शकसामु प्रस्तुत हुन्छ। कला हेर्न मान्छेहरू आएनन् भने कला आफै आम मान्छेसामु पुग्नुपर्छ भन्ने अवधारणा नै समसामयिक कलाको विशेषता हो। हिजो र आजको कलामा रहेको स्वभावगत फरकपन पनि हो यो।
माटाका कपहरू, चियादानी अनि चियाको सन्दर्भमा बनेका एक तमासका अनौठा कला अहिले सिद्धार्थ कला केन्द्रमा प्रदर्शित छन्।
मिलेर काम गर्ने, कलाको सिर्जना गर्ने भन्ने कुरा नितान्त नौलो कुरा होइन। हाम्रो परम्परालाई मात्रै हेर्यौं भने पनि यस्ता उदाहरणहरू प्रशस्तै मात्रामा पाउन सकिन्छ। जहाँसम्म मिलेर कला सिर्जना गर्ने सन्दर्भ छ। योचाहिँ परम्परागत रूपमै सदियौंदेखि संयुक्ततामा कलाको सिर्जना गर्ने प्रचलन छ। हाम्रा परम्परागत कलाहरू अधिकांश यसरी नै विकसित भएका हुन्।
ललितकलाका विभिन्न हाँगाहरू छन्। स्वभावतः यस्ता कलाहरू सुन्ने कला (सङ्गीत), पढ्ने कला (साहित्य) र हेर्ने कला अर्थात् चित्र, मूर्ति वा वास्तुकला, नाच, नाटक आदि अनेक तह र प्रकारमा विभाजित छन्। कला सर्वव्यापी हुँदा यसको शिल्पी, लालित्य एवं सौन्दर्य अनेक नाम र उपनाममा सबैतिर व्याप्त भएको हो।
हिजोका कला र कलाकारहरू मरेर गएजस्तै आजका यस्ता महत्त्वका कलाहरू पनि त्यही बाटोमा जाँदै छन् भनेर सोच्न पर्दा कटक्क मुटु दुखेर आउँछ। यसर्थ यस्तो कला अभिलेखन गर्ने सोच आज पनि नदेखिँदा हामी कलाको विकास कसरी गर्न खोजिरहेका छौं भन्ने गम्भीर प्रश्न खडा भएको देखिन्छ।
उनी आफैले पनि बालककालमै भोगेका यौन शोषण (सेक्सुयल हेरेसमेन्ट) घरभित्रै भोगेका तितातिता तिरस्कारहरू, कुसंस्कारको मारमा महिनाबारी हुँदाको बेला भोगेका अथाह मानसिक पीडा आदिसँग जब उनले छाउपडीको यथार्थ सत्यतालाई जोड्न पुगिन्; उनी त्यति बेला असह्य पीडामा छटपटिइन्। यही आधारभूमिमा निर्माण भएका उनका सिर्जनाहरू अहिले बिडम्बनाको नामबाट ग्यालरी क्लासिक दिर्घामा प्रदर्शित छन्।
जब हामी सन् १९६३ मा निर्माण भएको अमेरिकन कलाकार याओइ कुुसमाको ओभन प्यान (बन्द चुलो र ताप्के) भन्ने कलालाई हेर्छौं, महिलाको सवाल उठाउन कलाकारले भान्छाकोठाको भाडावर्तनलाई मोटिफका रूपमा प्रयोग गरेको देख्छौँ। पैसा नआउने ‘डोमेस्टिक वर्क’को प्रत्याभूति दिन उनले शक्तिशाली पात्रको प्रयोग गरी महिलालाई समाजले कहाँ राखेको छ भन्नेतर्फ इंगित गरेको बुझिन्छ ।
कसरी अवस्थाले कलाकारलाई एस्थेटिक्सको धारबाट बहकाएर अयन्त्र कतै लैजाँदो रहेछ भन्ने चित्रण गर्नका लागि यहाँ दादा र अति यथार्थवादीको कला आन्दोलनको प्रसंग जोडिएको हो ।
आ–आफ्ना पहिचान बोकेका कला आ–आफ्नै स्वभाव र प्रक्रियामा अगाडि बढ्ने हो भने अन्योल सिर्जना हुने वातावरण बन्दैन सायद। समसामयिक कलाको नाममा सबैजसो कला वा अकला पनि समावेश गर्ने प्रचलन बढ्यो भने स्वभावतः यसले ठूलै अन्योल निम्त्याउँछ ।
देश, काल, परिस्थिति अनुसार सरकारले सर्जकलाई गतिशील हुन नदिन थरीथरीका सेन्सरका हरियार प्रयोग गर्ने गर्छन्। व्यवस्था टिकाइराख्न सत्ताले प्रयोग गरिराख्ने यस्ता सेन्सर कुन रूपमा प्रयोग हुने गर्छन्, यो अर्को पक्ष हो। पञ्चायतकालमा यसको स्वरूप अलि कडा थियो, अहिले गणतन्त्र आएपछि यो अलि नरम र भिन्दै स्वरूपमा देखापरेको छ।
ग्यालरीको स्पेस स्थायी वा अस्थायी रूपमा बेच्ने प्रचलन नेपालमा पनि भित्रिसकेको छ। कला सिर्जनामा मात्र होइन, यसलाई प्रस्तुत गर्ने पनि अनेकौँ तरिका छन्। व्यापारसँग जोडिएको एउटा सिंगो कोठा मात्र नभई कोठाका भित्ता र खास ठाउँ पनि भाडामा दिने वा बेच्ने प्रचलन बनिसकेको छ। कलाकारले आफ्नो कला प्रदर्शन यसै अनुसार गर्ने र व्यापारीले आफ्नो वस्तुलाई बेचेर आय–आर्जन गर्ने अभ्यास नेपालमै सुरु भएको छ।
यो अर्थवर्कमा जमिनमा त्रिकोणात्मक ढिस्कोभित्र अर्को त्रिकोणात्मक अझ अग्लो ढिस्को बनाई चारैतिर जुटका धागाले जमिनलाई घेरा हाल्दा एउटा खुला कोठाजस्तो बनेको थियो। आकाश नै यसको छत थियो। यसको बीचबीचमा दर्द र त्रासले भरिएको मानवको शिर लगायतलाई संगठित गरिएको थियो।
टोटोला फूल (को को म्हेन्दो) लाई माध्यमका रूपमा प्रस्तुति गर्नु उनको अर्को तरिका हो। यसबाहेक भिजुअल डकुमेन्ट्री समेतको प्रयोगलाई उनले प्रस्तुत गरेका छन्। जसलाई ठूलो पर्दामा काइतेनको सन्दर्भलाई सुन्न, हेर्न र बुझ्न सकिन्छ।
धर्मसँग समुदायको गहिरो सम्बन्ध स्थापित गर्न भौतिक रूपमा देख्न सकिने अनेक आकर्षक देवी–देवताका रूपलाई कलाकारले निर्माण गरे। विधि, रस, आसन आयुधले सुसज्जित यस्ता देवदेवी सबैजसो युवा रूपमा बनाएको देखिन्छ। कलाकारले शारीरिक अनुपात मिलाई लचकता, कामुकता, सौन्दर्यता अति आकर्षक ढंगले अवलम्बन गर्दा यस्ता (विशेषतः नारीका) मूर्तिले भक्तको भक्ति अझ प्रबल भएर अगाडि बढेको देखिन्छ। नेपालमा वयोवृद्ध देवीहरू बनाएको देखिँदैन।