फौजदारी अपराधमा राजनीतीकरण स्वीकार्य नहुने चेतावनी
सरकारले फौजदारी अपराधलाई राजनीतीकरण गर्न ल्याएको केही नेपाल ऐन संशोधन विधेयकले संक्रमणकालीन न्यायसमेतलाई प्रभावित गर्नसक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।
सरकारले फौजदारी अपराधलाई राजनीतीकरण गर्न ल्याएको केही नेपाल ऐन संशोधन विधेयकले संक्रमणकालीन न्यायसमेतलाई प्रभावित गर्नसक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल’ का नेताहरूको संलग्नता देखिएपछि अनुसन्धानमा राजनीतिक नेतृत्वबाट हस्तक्षेप हुने आशंका छ।
रौतहटको राजपुर नगरपालिका ५ स्कुल चौकमा रहेको रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको रासायनिक मल बरामद गर्न शुक्रबार दिउँसो रौतहट प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।
कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।
गृहमन्त्रीसित सोझै तस्करी बन्द गर्नुपर्ने आग्रह गरिएको रौतहटमा अवैध तस्करीको संजाल फस्टाउँदै गएको देखिएको छ।
सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ।
फागुनको दोस्रो साता जयनगर प्रहरीले मदिरा लोड गरिएको मोटरसाइकलसहित चारजनालाई पक्राउ गर्यो।
चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ।
सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।
सप्तरीमा राजविराज भन्सार कार्यालय, तिलाठी मात्र आधिकारिक नाका हो। तर बेल्ही, बरसाइन, छिन्नमस्ता, गोबरगाढा, तोपाका सडक मुख्य भन्सारभन्दा व्यस्त छन्।
भारतबाट विराटनगर महानगरपालिका–१६ खोक्साहा र दरैयावस्ती हुँदै चोरी तस्करी गरेर ल्याउँदै गरेको खाद्यान, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरलगायतका सामग्री बरामद गरिएको छ।
भन्सार छलेर अवैध रुपमा चोरी तस्करी गरेर ल्याइएको दुई गाडी कपडा विराटनगर भन्सार कार्यालयले बरामद गरेको छ।
भारतबाट अवैध रुपमा भित्र्याइएका तस्करीका सामानहरु नेपाल प्रहरी र रौतहट प्रहरीको संयुक्त टोलीले पक्राउ गर्नमा सक्रियता देखाएको छ।
मधेश प्रदेशका दुई जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी केन्द्रमा तानिए पनि तस्करी घटेको छैन।
नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न प्रकारका सामानहरु ओहोरदोहोर हुने क्रम नरोकिएपछि सशस्त्र प्रहरी बल मुख्यालय काठमाडौँबाट अनुसन्धान गर्न मधेस प्रदेशमै एउटा टोली परिचालन भएको छ।