१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

६ लाख रुपैयाँको अवैध सामान बरामद

मोरङको छुट्टाछुट्टै स्थानबाट चोरी तस्करी गरी भन्सार छलेर ल्याउँदै गरेको खाद्यान, मोटरपार्टसलागयतका ६ लाख रुपैयाँ बढीका सामग्री प्रहरीले बरामद गरेको छ।  

भारतबाट विराटनगर महानगरपालिका–१६ खोक्साहा र दरैयावस्ती हुँदै चोरी तस्करी गरेर ल्याउँदै गरेको खाद्यान, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरलगायतका सामग्री बरामद गरिएको छ।  करिब २ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।  

त्यसैगरी, विराटनगर– १५, १६ र १८ तथा धनपालथान गाउँपालिका ३ र ४ हुँदै भारतबाट नेपालतर्फ चोरी तस्करी गरेर ल्याउँदै गरेको सुन राख्ने खाली डब्बा, चिनी, मोटरपार्टस, बिजुलीको सामान, लत्ताकपडा र खैनीलगायतका सामग्री बरामद गरिएको हो।  ४ लाख ८५ हजार ३ सय रुपैयाँ बराबरका चोरी तस्करी गरिएको सामान बरामद गरेको डिएसपी कार्कीले बताए।  बरामद गरिएका सबै सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ पुस २०७९ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App