१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

तस्करीको सामान पक्राउ गर्न रौतहट प्रहरीले चलायो गोली

भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएर भन्डारण गरिएको अवस्थामा रासायनिक मल युरिया र डिएपि बरामद गर्न रौतहट प्रहरीले चार राउन्ड गोली चलाएको छ।

रौतहटको राजपुर नगरपालिका ५ स्कुल चौकमा रहेको रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको रासायनिक मल बरामद गर्न शुक्रबार दिउँसो रौतहट प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।

करिब डेढ सय सुरक्षाकर्मी परिचालन गरी प्रहरीले एक हजार बोराभन्दा बढी युरिया तथा डिएपि मल बरामद गरेको छ। तस्करीको रासायनिक मल बरामद गरी राखिएको गोदाममा छापामारी प्रहरीले मल बरामद गर्नुका साथै दुई जना तस्कर रुद्रा साह र कन्हैया साहलाई नियन्त्रणमा पनि लिएको छ। प्रहरी निरीक्षक दिनेश कुवरको नेतृत्वमा रहेको प्रहरीको टोलीले गोदाममा छापामारी रासायनिक मल बरामद गर्नुका साथै दुई जनालाई नियन्त्रणमा लिएको हो

रौतहटको राजपुर, मठिया, जयनगर, रामपुरखाप नाकाबाट व्यापक मात्रामा सीमा वार अवैध व्यापार फस्टाएको छ। धानखेतीको समय नजिकिँदै जाँदा तस्करहरुले भारतबाट रासायनिक मल तथा विभिन्न जातका धानको बीउ तस्करी गराएर गोदाममा भन्डारण गर्न थालेका छन्।

प्रकाशित: २९ वैशाख २०८० ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App