२० आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटना हुँदा, बाबु-छोराको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनी पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो।

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ।

पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एकै दिन ४५ को मृत्यु, ११३ घाइते

पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो। यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन्।

बागमती प्रदेशः एक वर्षमा सवारी दुर्घटनाबाट ४१३ जनाको मृत्य

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सवारी दुर्घटना र घाइते तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ।

भारतमा जीप दुर्घटनामा १० नेपाली घाइते

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन्।

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

तीव्रगतिका सवारीलाई ‘अन द स्पट’ कारबाही

सडक दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले रूपन्देहीमा दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ।

सिद्धिचरण लोकमार्गमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

कटारी बजारबाट घुर्मीतर्फ हिडेको बा ४ ख ५६७१ नं. को टिपर लोकमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरी भन्ज्याङमा बिहान १० बजे दुर्घटना हुँदा कटारी ८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र सोही ठाँउका ४० वर्षीय मिर्चिङ कान्छा मगरको निधन भएको हो।

दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना,चालककाे लापरवाही र भौगोलिक अवस्था प्रमुख कारण

नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् ।

दुर्घटनामा परी घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरियो

गाडीमा चालकसहित नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डिएसपी रबिन्द्र श्रेष्ठसहित ६ जना सवार थिए। नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य सबै घाइते भएका हुन्।

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्