८ असार २०८१ शनिबार
image/svg+xml
समाज

तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

क्याप्शन

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, जरेखेतमा दुर्घटनामा परेको छ। ना ५ ख ५९५५ ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशुली नदी किनारमा पुगेको हो।  

विराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउदै गरेको ट्रक अचनक आगलागी भइ सडकबाट त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी भावेश रिमालले बताए। ट्रकको अगाडि पट्टि भागमा आगो लागेको छ।  

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित सशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो। प्रहरी र स्थानीयले समयमै उद्दार गर्न सकिएकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डिएसपी रिमालले बताए। तेल बोकेको ट्रकमा आगो सल्किए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको पनि डिएसपी रिमालले बताए।

प्रकाशित: १२ भाद्र २०७९ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App