१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ मा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सुन्दरहरैँचा–४ का २९ वर्षीय कुमार राईको उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

आइतबार दिउँसो सवा १ बजेतिर दुर्घटना भई घाइते भएका राईको उपचारका क्रममा सवा २ बजेतिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालक सुनसरीको इटहरी–१ का ३७ वर्षीय राजकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा टिपरको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७९ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App